सल्लाको रुख ढाल्दा विद्युतको तार चुढाएपछि विजुली अवरुद्ध

खोटाङ
माघ, २४ मंगलबार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनी डाँडा र २ डिकुवाको सिमा क्षेत्रमा सर्वसाधरणले सल्लाको रुख ढाल्दा विद्युत अवरुद्ध भएको छ । डिकुवाको दाम्लि र झापाको विचमा रहेको सल्लाघारीमा रुख ढाल्ने क्रममा विपरित दिशाबाट आएका हावाले विजुलीको तारलाई क्षति पु¥याएको हो ।

स्थानीय पूर्णसिँ राईले विद्यालयका लागि भनेर सल्लाको रुखढाल्दै गर्दा चाहेको दिशा भन्दा फरक दिशामा रुख ढलेको थियो । रुखले तारलाई थिच्दा विद्युतको पोलहरु बाँगिनुका साथै तारहरु चुढिएर भुईमा झरेको छ ।

नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका अनुसार रुखले ५ वटा पोलमा क्षति पु¥याएको छ । पोलहरु बांगिनुका साथै डिक्सहरु भाँचिएकाले विद्युत अवरुद्ध हुनपुगेको थियो । प्राधिकरणले तत्कालि प्राविधिकहरुलाई पठाएर एउटा ट्रान्समिटरको विद्युत प्रवाह कटाएर अन्य सबैतिर विद्युत सूचारु गरेको छ ।

स्थानीयको लार्पावाहीका कारण विद्युतलाई २/३ लाख बढीको क्षति भएको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका प्रमुख बिजयराज रेग्मीले बताउनु भयो । उहाँले कुनैपनि व्यक्तिले सार्वजनिक रुपमा क्षति पुग्नेगरी विद्युत प्रशारण अवरुद्ध गर्न नपाईने भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ ।

विद्युत सबैको साझा सम्पति तथा साझा सरोकारको विषय भएकाले यसलाई जोगाउन तथा जोखिमबाट जोगिन जो सुकैलेपनि सचेत हुन जरुरी रहेको भन्दै उहाँले क्षतिको विवरण हेरेर गल्ति गर्ने व्यक्तिलाई क्षतिपुर्ति भराउन तथा हर्जना असुल गरिने बताउनु भयो ।

अहिले घटना भएको क्षेत्रमा बाहेक सबैतिर विद्युत सुचारु छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार