खोटाङ प्रहरीद्धारा ‘समुुदाय प्रहरी–साझेदारी’ कार्यक्रम अभियानका रुपमा संचालन


दिक्तेल
माघ, २३ सोमबार । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा विभिन्न किसिमका घटनाहरुको न्युनिकरण गर्न ‘समुुदाय प्रहरी–साझेदारी’ अभियानहरु संचालन गर्दै आएको छ । सामाजिक हिसाबले हुने विभिन्न किसिमका घटनाहरु आत्महत्या, लागुऔषध, सडक दुर्घटना, चोरी डकैत जस्ता विषयमा सचेतना कार्यक्रमहरु प्रहरीले संचालन गर्दै आएको हो

यसैक्रममा सोमबार जिल्लाको सदरमुकाम दिक्तेल स्थित दिक्तेल बोर्डिङ स्कुल दिक्तेलमा अध्ययनरत विद्यार्थीहरु विच सवारी दुर्घटना न्युनिकरण सम्बन्धि ट्राफिक सचेतना कार्याक्रम गरेको छ । नेपाल प्रहरीको ‘समुुदाय प्रहरी–साझेदारी’ अवधारणा अनुसार जिल्ला प्रहरी कार्यालय खोटाङले विद्यालयका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत १५० जना छात्र छात्राहरुलाई सचेतना अभिमुखीकरण गरेको हो ।

यसै क्रममा जिल्लामा भईरहेको हरेक घटनाहरुको न्युनिकरणको अभियान रहेको भएपनि खोटाङमा विशेषगरी घरेलुहिंसा तथा आत्महत्या न्युनिकरणको कार्यक्रमलाई प्राथामिकतामा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनु भयो । यस आर्थिक बर्षभित्र जम्मा २ सयवटा कार्यक्रम गर्ने लक्ष्य लिएको भएपनि अहिले सम्म दुईसय भन्दा बढी स्थानहरुमा कार्यक्रम भईसकेको उहाँले जानकारी दिनु भएको छ ।

नेपाल सरकारको स्थानीय तहको सरकार र नेपाल प्रहरीबिच भएको सम्झौता अनुसार प्रत्येक नगरपालिका÷गाउँपालिका÷ तथा वडा कार्यलयहरुसँगको सहकार्यमा कार्यक्रमहरु भईरहेको प्रनाउ राईले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार