खोटाङमा बढ्दो सवारी दुर्घटना, चालकहरुको लार्पावाही बढी जिम्मेवार

फोटो सौजन्य : सुरेश राई

खोटाङ । २०७९ साल माघ ११ गते बुधबार दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका १३ नुनथला माहुरेमा काकडभिट्टाबाट यात्रु लिएर आएको बस दुर्घटनामा प¥यो । माहुरेको प्राविधिक शिक्षालय कट्ने बितिकै बस पल्टदाँ ७ जना यात्रुहरु घाईते भए । एउटा रुखको ठुटोमा बस नअडिएको भए धेरैको ज्यान जानपनि सक्थ्यो । धन्न त्यस्तो अप्रिय घटना हुन पाएन ।

२०७९ साल पुस १० गते आईतवार विहानै गाइघाट बाट दिक्तेल तर्फ आउदै गरेको बस बुईपा बजार नजिकै दुर्घटनामा प¥यो । सडकबाट करिब ५ मिटर तल खसेको बस दुर्घटनामा परि ६ जना घाईते भए । यस घटनामा पनि नजीकै रुखमा गाडी अल्झिएर थप मानवीय क्षति भएन । सबैलाई सकुशल उद्धार गर्न सफलता मिल्यो ।

यस्तै २०७९ साल मंसिर १८ गते आइतबार खोटाङको साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामीसरामा बस पल्टियो । साकेलाको मानेभञ्ज्याङबाट दिक्तेल तर्फ जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस सडकमै पल्टदाँ सहचालक सहित ४ जना घाईते भए । गाडीको ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक जानकारी दिएका थिए ।
यो ठुला यात्रुबाहक बसको कुरा भयो । साना जिप तथा सुमोहरुको समेत हालत उस्तै छन् । केही समय अगाडि दिक्तेल हुर्लुङबाट दिक्तेल तर्फ आउँदै गरेको जिप दिुखवा खोलामा दुर्घटनामा प¥यो । दुर्घटना हुँदा सुनसरी तरहरा घर भएका २६ वर्षीय चालक रामकुमार खनाल घाइते भए । उनलाई उपचारका लागि बाहिर पठाउनु प¥यो । उक्त ठाउँमा केही समय अगाडि टिफर समेत खसेको स्थानीयले सुनाउँछन् ।

यी माथीका सडक दुर्घटनालाई हेर्दा खोटाङमा सडक दुर्घटना एकदमै बढी रहेको देखिन्छ । मानवीय क्षतिका हिसाबमा यो बर्ष कम देखिएपनि दुर्घटनाको हिसाबले बढेको छ । यसको खास कारण चालकको लार्पावाही मुख्य रहेको जिल्ला प्रहरी कार्यलय खोटाङ प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले सुनाउनु भयो । ‘पहिलो कारण चालकको लार्पावाही नै देखिएको छ ।’ उहाँले भन्नु भयो ‘बाँकी यातायात व्यवसायीले यातायातको साधनलाई दुरुस्त राख्न नसक्नु दोस्रो कारण हो ।’ सडकको अवस्था नसुधारीनु पनी अर्को कारण रहेको उहाँको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालकले मापसे गरेर सवारी साधन चलाउने, सह–चालकलाई सवारी चलाउन दिने जस्ता लार्पावाहीको कारण दुर्घटना बढेको छ । यस्तै सवारी साधनको इन्जिनहरु बेलाबेलामा चेक जाँच नगर्नु र मर्मत राम्रो नगर्दा समेत दुर्घटना बढेको खोटाङ यातायात महासँघका महासचिव राम हिङमाङले बताउनु भयो । उहाँले ५० प्रतिशत भन्दा बढी चालकको लार्पावाहीकै कारण दुर्घटना हुने गरेको र बाँकी सडकको बनौटका कारण कहिँ घुम्ति, कहिँ खाल्डा खुल्डी भएकाले पनि दुर्घट

बढेको सुनाउनु भयो । सवारीधनीले सवारी साधन दुरुस्त राख्न नसक्नु, भनेजस्तो सवारी साधन मर्मत गर्ने वर्कसप नहुनुले पनि समस्या आएको उहाँको भनाई रहेको छ ।
यता यात्रुहरुले भने सवारी साधन चलाउनेहरुको लार्पावाही बढेको बताउँछन् । सवारी चालक तथा सहचालकलाई कम्तिमा २÷३ महिनाको बिचमा ट्राफिक नियम तथा सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरुको बारेमा प्रशिक्षणमात्र दिन सक्दा दुर्घटना न्युनिकरण हुने उनिहरुको भनाई रहेको छ । जिल्लामा यत्रो यातायात संचालन गर्ने कम्पनीहरु रहेका छन् । संस्थाहरु छन् । यीनीहरुले आफ्ना चालकहरुप्रति केन्द्रित गरेर प्रशिक्षणको व्यवस्था गर्ने हो भने समस्या आउन कम हुन्थ्यो । जोखिम कम हुन्थ्यो भन्ने उनिहरुको माग रहेको छ ।

उता जिल्ला प्रहरी कार्यलयले भने यातायात व्यवसायीहरुले प्रशिक्षणका लागि अनुरोध गरेमा अभिमुखीकरण गराउन तयार रहेको जनाएको छ ।

भिम राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार