पुस २६, मंगलबार । दलित महिला केन्द्र नेपालको शि–लिड्स परियोजना अन्र्तगत दिक्तेल बजारमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधीहरुको राजनीतिक सहभागिता अभिवृद्धि सम्बन्धी एक दिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो ।
दलित महिला केन्द्रका अध्यक्ष दुलारी हरिजनको उपस्थितिमा भएको अन्र्तकृयामा कार्यक्रममा संस्थाको छोटो परिचय र कार्यक्रम उदेश्यका बारेमा विषय प्रवेश परियोजनाका दिल विश्वकर्माले गर्नु भएको थियो ।
स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा जनप्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधी तथा पत्रकारहरु बिच भएको अन्र्तकृयामा शि–लिड्स परियोजनाका प्रशिक्षक दुर्गाजयन्ती राई र लक्ष्मिकुमार राईले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा लैङ्गिक समानता किन र कसरी भन्ने विषयमा छलफल चलेको छ ।
खोटाङको केपिलासगढी र बाराहापोखरी गाउँपालिका बाहेक ८ वटा स्थानीय तहमा शि–लिड्स परियोजना संचालनमा रहेको छ । १३९ जना निर्वाचित महिला प्रतिनिधीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिरहेकोे परियोजनाले नेतृत्व विकाससँग सम्बन्धित विभिन्न ८ ओटा विषयवस्तुमा सहजीकरण गर्दै आएको छ ।
जिल्लाको ऐसेलुखर्क, रावाबेसी, साकेला, दिप्रङ चुईचुम्मा, खोटेहाङ, जन्तेढुँगा गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यक्रम चलिरहेको छ । स्वीस सरकार विकास सहयोग एसडिसी र अष्ट्रेलियन एडको आर्थिक सहयोग र इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम(IFES)को प्राविधिक सहयोगमा तालिम भईरहेको हो ।