बिष्णुकुमार श्रेष्ठले माओवादीलाई दिए आठ आना जग्गा

खोटाङ, २३ पुस/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका स्थानीय दानवीर विष्णु कुमार श्रेष्ठले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिलाई जग्गा प्रदान गर्नु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हाटडाँडामा ८ आना जग्गा निशुल्क प्रदान गर्नु भएको हो ।

विभिन्न सरकारी कार्यालयहरुलाई पटक पटक जग्गा प्रदान गर्दै आउनु भएका श्रेष्ठले यस अघि नेकपा माओवादी केन्द्रलाई समेत गरेर नौ वटा भन्दा बढी सरकारी तथा गैर सरकारी कार्यालयलाई जग्गा प्रदान गरिसक्नु भएको छ । जगादाता सम्मान गर्दै नेकपा माओवादी केन्द्र खोटाङले निशुल्क जग्गा प्राप्त भएको स्थानमा निकट भविष्यमै भवन निर्माण गर्ने जनाएको छ ।

नेकपा माओवादी केन्द्र खोटाङको चौथो पूर्ण बैठकको अवसर पारेर जग्गा दातालाई सम्मान तथा भर्खरै सम्पन्न भएको निर्वाचनमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित पार्टीका केन्द्रिय पोलिट ब्युरो सदस्य रामकुमार राई पासाङलाई समेत सम्मान गरिएको छ । पार्टीको तर्फबाट पूरानो तथा जेष्ठ नेता टंकबहादुर तामाङ (मदन)ले राईलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

पार्टी केन्द्रिय पोलिट ब्युरो सदस्य जिल्ला इन्चार्ज समिता कार्की अस्मिता, पार्टी केन्द्रिय पोलिट ब्युरो सदस्य दुर्गाजयन्ती राई लगायतको उपस्थितिमा बैठक चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार