खारम्बुलाई हराउँदै ओखलढुँगा मानेभञ्याङ अगाडि बढ्यो

किकोस
पुस, १९ मंगलबार÷ अनुप स्मृति गोल्डकप आमन्त्रित फुटबल प्रतियोतिा शुरु भएको तेस्रो दिन खारम्बु स्पोर्टस् क्लबलाई हराउँदै ओखलढुँगा माने भञ्ज्याङ फुटबल क्लब १ गोलले अगाडि बढेको छ । मंगलबार भएको खेलमा मानेभञ्ज्याङका लागि जर्सि नम्बर १५ का मानकृष्ण राईले एक गोल गरेका हुन् ।

खेल समय अवधि भरी कुनै पनि गोल नभएपछि १० मिनेट थपगरिएको अतिरिक्त समयको २ मिनेटमा मानेभञ्ज्याङ मानकृष्ण राईले सहज गोल गरेका थिए । उनको यो गोल नै निर्णायक गोल सावित भएको छ । खारम्बु स्पोर्टस् क्लबका खेलाडिहरुको डिफेन्स लोभ लाग्दो देखिएपनि पोष्ट ऐटेम हुन नसक्दा जित निकाल्न असंभव जस्तै भएको थियो ।

आज भएको खेलका उत्कृष्ट खेलाडिका रुपमा मानकृष्ण राई घोषित भएका छन् । उनलाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले नगद पुरस्कार सहित मेडल प्रदान गरेका छन् ।

बुधबार दुईवटा खेल हुने आयोजकले जनाएको छ । नेर्पा स्पोर्टस् क्लब खोटाङ र साकेला फुटबल क्लब बिच पहिलो चरणको खेल हुने छ भने मितेर फूटबल क्लब मोरोङ र दिक्तेल फुटबल क्लब दिक्तेल बिच दोस्रो चरणको खेल हुने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार