फोक्सिङटार पुलमा निर्माण सकिनु अगाडि आवत जावत शुरु

खोटाङ
पुस, ७ बिहिबार / खोटाङ जिल्ला र उदयपुर जिल्ला जोड्ने रसुवा फोक्सिङटारको पुलमा निमार्ण कार्य नसकिदै आवत जावत शुरुवात गरिएको छ । पुलका केही कामहरु गर्न बाँकी छँदै बिहिबारबाट यातायात सेवा सञ्चालनमा ल्याईएको हो ।

सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीमा निर्माणका क्रममा रहेको पुलको बेरिङकोट, एप्रोज रोडलगायतका कामबाँकी भएपनि स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै पुल सञ्चालनमा ल्याईएको छ । २०५१ सालमा सगरमाथा राजमार्गको रुपमा शिल्यान्यास गरिएको मोटरबाटो उदयपुरको गाईघाटदेखि सोलु सल्लेरी सम्म जोड्ने योजना रहेको थियो ।

उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चे बिचमा रहेको पुल करिब १९ करोड ६० लाख रुपैयाँको लागतमा गौरी पार्वती वाईपी जेभीले २०७५ चैतमा सक्ने गरी ठेक्का लिएको भएपनि हाल सम्म काम नसकेको भन्दै स्थानीय जनप्रतिनिधीहरुको अगुवाई यातायात भने सञ्चालनमा ल्याएका हुन् । पुल सेक्टर नम्बर १ धरानका योजना प्रमुख प्रदीप भण्डारीका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भण्डारीका अनुासर करिब एकमहिना भित्र निर्माणको सबै सकिने छ ।

२०६९ चैत्र २३ गते ठेक्का लागेको उक्त पुल निर्माणकार्यमा ढिलासुस्ती भएकाले जनताको माग अनुसार पुल सञ्चालन गरेको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए । पुल सञ्चालनका क्रममा खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राईलगायत स्थानीय जनप्रतिनिधी तथा सर्वसाधरणको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार