खोटेहाङमा महिला जनप्रतिनिधीलाई सिप सिकाउँदै शि–लिडस्

खोटाङ
पुस ७ बिहिबार ÷ स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्न खोटेहाङ गाउँपालिकामा ३ दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालको शि–लिडस् परियोजनाको मोड्युल–१को ातलिम दिइएको हो ।

खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाको १८ जना महिला जनप्रतिनिधी मध्ये १७ जना तालिममा सहभागी रहेको थिए । पुस २ देखी ४ गते सम्म सञ्चालन भएको तालिमको उद्घाटनका दिन गाउँपालिका प्रमुख उदिमबहादुर राईले क्षमता विकास सम्बन्धि तालिम महिला जनप्रतिनिधीहरुको लागि सुनौलो अवस रहेको बताउनु भएको थियो । यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईले यो अवसरलाई सदुपयोग गर्न आग्रह समेत गर्नु भयो ।

जिल्लाको आठवटा स्थानीय तहमा संचालन भईरहेको तालिम अन्र्तगत खोटेहाङ गाउँपालिकामा संचालन भएको तालिममा संविधान सभाका सदस्य दुर्गाजयन्ती राई र लक्ष्मिकुमार राईले सहजिकरण गर्नु भएको थियो ।

खोटाङको केपिलासगढी र बाराहापोखरी गाउँपालिका बाहेक ८ वटा स्थानीय तहका १३९ जना निर्वाचित महिला प्रतिनिधीलाई तालिम दिन लागेको परियोजनाले पहिलो चरणमा खोटाङको ५ ओटा पालिकाका ८९ जना निर्वाचित महिला सदस्यहरुले तालिम दिएको थियो भने दोस्रो चरणमा थप तिनवटा पालिका थपेर ८ वटा पालिकामा तालिम सञ्चालन गर्दै आएको शि–लिड्स परियोजनाका जिल्ला संयोजक इन्दुकला राईले जानकारी दिनुभएको छ ।

जिल्लाको ऐसेलुखर्क, रावाबेसी, साकेला, दिप्रङ चुईचुम्मा, खोटेहाङ, जन्तेढुँगा गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार