कुवेतमा ज्यान गुमाएकी कल्पनाकाे शव ल्याउन सहयाेग संकलन, शव ल्याउन अझै समय लाग्ने


कुवेतमा ज्यान गुमाएकी खाेटाङ ऐसेलुखर्क गाउँपालिका ५ महेश्वरीकि कल्पना राईकाे शव स्वदेश फर्काउन कुवेतमा आर्थिक सहयाेग संकलन गरिएकाे छ । वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेकी कल्पनाले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरी मृत्युवरण गरेकी हुन् ।

कुवेतमा घरेलु कामदारको रुपमा कामगर्दै आएकी कल्पना केही समय अगाडिदेखि लुकेर काम गर्दै आएकाे खुलेकाे छ । राहदानी नम्बर १०६८४८०५ भएकी कल्पनाकाे मृत्युपछि कुवेत स्थीत नेपाली राजदुतावासले आफन्तकाे खाेजी गरेकाे थियाे ।

आफन्तहरुले जानकारी प्राप्तपछि खाेटाङ स्थित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) सँग सम्पर्क समन्वयमा प्रकृया शुरु गरेकाे थियाे । नेपालबाट केही प्रकृया अगाडि बढ्दै जाँदा उता कुवेत स्थीत विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट शव नेपाल फर्काउन सहयाेग संकलन गरेका छन् ।

हिमाल संचार डटकमका अनुसार कुवेतबाट कल्पनाकाे शव पठाउन अझै केही समय लाग्ने छ । शव नेपाल फर्काउनका लागि कुवेत सरकारलाई तिर्नु पर्ने आवश्यक कर बुझाउन कुवेत स्थित किरात राई यायाेक्खा लगायतका संघ संस्थाले उठाएकाे सहयाेग रकम खर्च गरिने हिमाल संचार डटकमले लेखेकाे छ ।

कल्पना राईको शव नेपाल पठाउन संकलन गरेको रकमको विवरण यसप्रकार छ:-
१) किरात राई यायोक्खा कुवेत – १५० केडि
२) नेपाली साँस्कृतिक समाज युके – १३० केडि
३) ट्याक्सी व्यवसायी संघ कुवेत – ५१ केडि
४) सुनुवार सेवा समाज कुवेत – ५०.७५० केडि
५) तमु सेवा समाज कुवेत – ३५ के डि
६) किरात याक्थुङ चुम्लुङ कुवेत – ५१ केडि
७) एनआरएनए कुवेत – ५० केडि
८) हिमाली संसार अनलाइन मिडिया – १० केडि

जम्मा उठेको ५२७ दिनार ७५० फिल्स रकमबाट कल्पना राईकाे शब नेपाल पठाउन लाग्ने खर्च ३८५ केडि नेपाली दुतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाललाई हस्तान्तरण गरिएको खबरमा उल्लेख छ । बाकी रहेको १४२ दिनार ७५० फिल्स रकम मृतकको काजक्रियाको लागि उनको परिवारलाइ नेपाल पठाउने किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले जानकारी दिनुभएकाे समाचारमा जनाईएकाे छ। किरात राई यायोक्खा कुवेतकाे अभियानमा आर्थिक सङ्कलन गरिएकाे थियाे।

श्राेत :हिमाल संचार डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार