सुर्य मावि सुङदेलमा एकै परिवारबाट ८ लाख ७५ हजार बराबरको अक्षयकोष

केपिलासगढी
पुस, ४ आईतबार ÷ खोटाङ जिल्लाको उत्तरीक्षेत्रमा रहेको केपिलासगढी ७ स्थित सुर्य मावि सुङदेलमा एकै परिवारबाट ८ लाख ७५ हजार बराबरको अक्षयकोष स्थापना भएको छ । विद्यालयको स्थापनाकालिन प्रधानध्यापक स्वर्गिय चित्रबहादुर राईको परिवारले विद्यालयमा अंग्रेजी र गणित विषयको विद्यार्थीलाई प्रोत्साहन गर्नेगरि अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालय स्थापनाकालिन प्रअ स्व. चित्रबहादुर राई र नीजको श्रीमति स्व. इन्द्रशोभा राई स्मृति अक्षयकोष नाम राखिएको अक्षयकोषको आज स्थापना भएको हो । स्वर्गिय चित्र बहादुर  राईको छोरा देवानसिँ राई नाती हितबहादुर राईको परिवारले आईतबार सालपा विकास बैंक शाखा बाक्सिलामा मुद्यती खातामा ८ लाख ७५ हजार रुपैयाँ जम्मा गरेर चेक हस्तान्तरण गर्दै अक्षयकोष शुरु गरेका छन् ।

अक्षयकोष बराबरको रकमबाट प्राप्त ब्याजले सुर्यमावि सुङदेलबाट एसईई परिक्षामा अंग्रेजी र गणित विषयमा सबै भन्दा बढी अंक ल्याउन सफल एकजना छात्र र एकजना छात्रलाई पुरस्कृत गरिने भएको छ । विद्यालयबाट एसईई पास गर्दा अंग्रेजी र गणित विषयमा सबैभन्दा बढि अंक ल्याउने विद्यार्थीलाई पुरस्कार स्वरुप सो रकमबाट कक्षा ११ र १२ निशुल्क पढाईने गरि सम्झौता भएको विद्यालयका प्रधानध्यापक ललितचन्द्र राईले जानकारी दिनु भएको छ ।

अक्षयकोष स्थापनार्थ र्सुयमावि सुङदेलमा केपिलासगढी –७ सुङदेलका वडाअध्यक्ष तेज कोयीको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर राईले स्वागत मन्तव्य राख्नु भएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार