खोटाङ÷ खोटाङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुन साथ वर्तमान प्रदेश सरकारका जलश्रोत सिँचाई तथा उर्जामन्त्रि, नेकपा माओवादी केन्द्रका नेता रामकुमार राई पासाङले बाम लोकतान्त्रिक गठबन्धन आवद्ध दलको जितलाई समग्र खोटाङ जित भएको बताउनु भएको छ । विजयी घोषणा पश्चात सदरमुकाम दिक्तेलमा निस्किएको ¥यालिलाई सम्बोधन गर्दै राईले यस जितबाट प्रत्यासीहरु आतिनु र विजयीहरु मातिनु नहुने बताउनु भएको हो ।
जितसँगै जिम्मेवारी थपिएको भन्दै उहाँले जित्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ । उहाँसगैँ प्रदेशसभामा निर्वाचित बाम– लोकतान्त्रिक गठबन्धनका नेता तथा नेपाली कांग्रेसका प्रदेश महामन्त्री भुपेन्द्र राईले यो जितलाई समग्र खोटाङको जितका रुपमा स्विाकारेर अगाडि बढ्नु आफुहरु मन्जुर रहेको बताउनु भएको छ ।
उहाँले हरेक किसिमका कालखण्डहरुमा एकतामा बल हुन्छ भन्ने सबै खोटाङका जनताले बुझेकाले आफुहरुलाई कामगर्न सहज भएको भन्दै अब निरन्तर जनताको जीवनसँग जोडिएका सबै विषयमा केन्द्रित हुने बताउनु भयो ।
कार्यक्रममा बाम–लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाल कम्न्युष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रिय सदस्य बबि चाम्लिङले मुलुकलाई प्रतिगामि दिशातिर लैजाने शक्तिहरुलाई रोक्न बाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताउनु भयो । कुनै अमुक व्यक्तिको ईसारामा खोटाङ जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ मा आफ्नो पार्टीको उमेद्वारले पराजय व्यहोरेको भएपनि आन्दोलनको बलियो आधार तय भएको उहाँको भनाई रहेको थियो ।
प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन २०७९ मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित प्रदेशसभाका सदस्य भुपेन्द्र राई र प्रतिनिधीसभाका सदस्य रामकुमार राई पासाङको संयुक्त विजयी ¥याली मतगणना स्थल दिक्तेलको जिल्ला अदालत हुँदै हाटडाँडा रत्नपार्क भवनगैरा हुँदै त्रिवेणीचोकमा सम्पन्न भएको थियो ।
विजयी उमेद्वारहरुलाई दिक्तेलबजार वासीले घरघरमा स्वागत तथा फूलमालाले सम्मान गरेको छन् । यस्तै दिक्तेल बजारको त्रिवेणीचोकमा प्रत्यासी नेकपा एमालेका उमेद्वार विशाल भट्टराई, रामप्रसाद दंगाल लगायतको टोलिले बधाई तथा शुभकामना समेत प्रदान गरेका छन् ।
चुनाव जिताउने सयौँ अगुवा कार्यकर्ताहरुको पछाडि ¥यालिमा गठबन्धन दलका शिर्ष नेता नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोग अध्यक्ष टंक राई, पूर्व सासंद तथा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य कुलप्रसाल फुयल, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा समानुपातिक उमेद्वार सरस्वती बजिमयले अभिभावकत्व ग्रहण गर्दै सहभागी भएका छन् । ।