खाेटाङ/ प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रका रामकुमार राईकाे विजयी बनेक छन् । बाम- लाेकतान्त्रिक गठबन्धनका साझा उमेद्वार रहेका राईले निकटतम प्रतिद्वन्द्वी विशाल भट्टराईलाई २,६६९ मतले पछि पार्दै विजय हासिल गरेका हुन् ।
कुल खसेकाे ६७,४०८ मध्य राईले ३१,३५१ मत प्राप्त गरेकाछन् । उनकाे निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विशाल भट्टराईले २८,६८२ मत प्राप्त गरेकाछन् ।
यस्तै जनता समाजवादी पार्टी नेपालका उमेद्वार कृष्णकुमार राईले १,९१४ मत प्राप्त गर्दै तेस्राे स्थानमा रहेकाछन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १,७६१ मत प्राप्त गरेकाछन् ।
खाेटाङ जिल्लाबाट प्रतिनिधिसभा उमेद्वार रहेका नेपाल मजदुर किसान पार्टीकाे भाेजराज बस्नेत २४० , मंगाेल नेश्नल अर्गाईजेशनका दिपक मगर १३१, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणी राईले २०४ र स्वतन्त्र उमेद्वार जयन्द्र कुमार राईले २३९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यलयले जानकारी दिएकाे छ । जम्मा२९८६ मत बदर भएकाे छ।