विष्णु राईको राजनीतिक याात्रा ओरालो लाग्दै

विष्णु राई खोटाङको राजनीतिमा नसुनिएको नाम भने होईनन् । तर उनी पटक पटक नेतृत्वमा त पुगे तर नेता हुन भने सकेनन् । लुवाई खुवाईमा समेत विपिको अनुसरण गर्ने उनी विपिवाला टोपीमा चटक्क परेर निरन्तर लागेका व्यक्ति हुन् । जिल्ला विकास समितिको सभापति, पटक पटक नेपाली कांग्रेसको जिल्ला सभापति र वर्तमानमा समेत बहालवाला सभापति रहेका राईको नेतृत्व रह्यो तर नेता भने रहेन ।

२०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा सोलुमा शिक्षण गरिरहेका राईलाई कांग्रेसले तत्कालिन छोरोम्बु गाविसमा वडा सदस्य जिताएर पछि जिल्ला विकास समितिको सभापति जस्तो जिम्मेवार पदमा पु¥यायो । उनी त्यस ताकाको युवा नेताको रुपमा जिल्लाको समग्र विकासको बागडोर सम्माहाल्ने अड्डाको प्रमुख जिम्मेवारी पदासिन हुन पुगे । त्यस ताका खोटाङ जिल्लामा क्रियाशिल राजनीतिक दलहरु मध्ये कांग्रेस र एमाले बलियो प्रतिसपर्धीका रुपमा रहेका थिए ।

त्यसपछि भएको २०५४ सालको स्थानीय तहको निर्वाचनमा भने उनलाई छोरम्बुमै एकजना अपत्यारिलो व्यक्तिले चौवन्नी सदस्यमा हराई दियो । यसपछि उनको राजनीति पार्टी संगठन निर्माण तर्फ मोडियो । साहित्यमा रुचि राख्ने राईको त्यहि ताका एउटा उपन्यास अन्ययास समेत बजारमा आएको थियो । पार्टी राजनीतिमा क्षेत्रिय प्रतिनिधि, जिल्ला सदस्य हुँदै कहिले महाधिवेशन प्रतिनिधी कहिले महासमिति सदस्य समेत रहिसकेका राईले पछिल्लो समयमा विपिको समाजवादलाई अंगिकार गरेको पार्टीले निर्वाचनमा टिकट वितरण गर्दा पक्षपात भयो भनेर पार्टीको आधिकारिक धारणा भन्दा फरक हिसाबले अगाडि बढे । जसले उनलाई व्यक्तिरुपमा घाटा त भयो नै यो सँगै उनका पछिलागेका कांग्रेस जनमा समेत नराम्रो धक्का लागेको छ ।

२०७९ सालको मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा खोटाङ जिल्लाको प्रदेश (ख)मा उनको पनि दावि रहेको थियो । पार्टीको बहालवाला जिल्ला सभापतिले दावि गर्नु कुनै नौलो विषयपनि रहेन । यस अघिको २०७४ को निर्वाचनमा समेत पराजित भएकाले उनको दावि दर्विलो रहेकै थियो । यद्यपी मुलुकमा उत्पन्न राजनीतिक घटनाक्रमहरुले वर्तमानमा सत्ता साझेदार दलहरुबीच गठबन्धन गरेर निर्वाचन लड्ने परिस्थितिमा पु¥यायो । यहि मेसोमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी विच निर्वाचन क्षेत्र बाँडफाँडको क्रममा प्रतिनिधि सभा १ र प्रदेश सभा २ सिट रहेको खोटाङमा नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र दुईवटा प्रदेशमध्ये नेपाली कांग्रेस र नेकपा एसलाई एक एक वटा बाँढियो ।

यसैमा असन्तुष्ट रहेको राईले पार्टीको निर्णय सच्याउन फरकमत राखेर जानु कुनै अनौठो थिएन । तर फरक हिसाबले आफैले निर्माण गरेको पार्टीको जगमा उभिएर आफ्नै खुट्टामा बन्चरो खेलाउने गरि उहाँले मुलुक भरी सिँगो पार्टीले गरेको बाम–लोकतान्त्रिक गठबन्धन गर्ने निर्णयलाई चुनौति दिदै वागी उमेद्वार खडा गर्न लाग्नु भयो । बाम–लोकतान्त्रिक गठबन्धनको विरुद्धमा पुरै वागी उमेद्वारलाई अगाडि बढाएपछि अरु ईमान्दार कांग्रेसले उनको कुरा पत्याउने कुरै रहेन । यसले उनलाई राजनीतिक संकटमा पु¥याएको छ । यो सँगै कांग्रेस भित्रको राजनीतिबाट बिष्णु राईको राजनीति ओरालो बाटोमा लागेको उनका शुभचिन्तकहरुले बताउँछन् ।
– भिम राई

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार