को हुन ? प्रेस काउन्सिलको पुरस्कार पाउने हलेसी न्युज नेटर्वक अध्यक्ष हरिबोल ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ फुलबारी टोल निवासी पिता हरिप्रसाद आचार्य र माता मनमाया आचार्यको कोखबाट २०४३ साल साउन २० गते जन्मेका हुन् हरिवोल आचार्य । मध्यम वर्गिय सामान्य परिवारमा जन्मनु भएका आचार्यले गाउँकै श्री पञ्च माविबाट शिशु कक्षाको अध्ययन शुरुवात गर्नुभएको थियो ।

यस पश्चात कक्षा १ देखी कक्षा ४ सम्म दिक्तेल ईङ्लिस बोर्डिङ स्कुल दिक्तेल बजारमा प्रावि तहको पढाई शुरु गर्नुभयो । आचार्यले बोर्डिङको ४ बर्षे अध्ययन पछि कक्षा ५ देखि भने फेरी सामुदायिक विद्यालय श्री सरस्वति उच्च मावि दिक्तेलमा एसएलसि सम्म अधययन गर्नु भएको थियो । २०६० सालमा एसएलसी (प्रवेशिका) पास गर्नु भएको आचार्य तत्कालिन द्धन्द्धकालमा जनमुक्ति सेना समेत छोटो समय सामेल हुनुभएको थियो ।

२०६० सालमा एसएलसी पास गरेपछि आचार्यले खोटाङकै दिक्तेल बहुमुखि क्याम्पस दिक्तेलबाट राजनीति र अर्थशास्त्रमा प्रविणता प्रमाण पत्र तह र राजनीतिक शास्त्रमा स्नातक तह उतिर्ण गर्नु भएको छ ।

विद्यालय तहको अध्ययनमा छँदा देखि नै सामाजिक क्षेत्रमा क्रियाशिल आचार्यले प्रवेशिका (एसएलसी) उतिर्णपछि सगरमाथा अशल शासन क्लबमा आबद्ध हुनु भयो । २०६१ सालमा सगरमाथा अशल शासन क्लबको कोषाध्यक्ष भएर जिल्लामा शुसानका लागि अभियान शुरु गर्नु भएको आचार्यले पछि त्यही क्लबको सचिव समेत हुनुभयो ।

यसको लगतै जिल्लाभरीका असल शासन क्लबहरुको साझा संयन्त्र अशल शासन जिल्ला समिति गठन गर्ने अभियानमा उहाँ लाग्नु भयो । अशल शासन जिल्ला समिति खोटाङको सचिबमा निर्वाचित हुनु भएको आचार्यले २०६१÷०६२ को ताका उहाँकै अगुवाईमा खोटाङबाट सुमार्ग नामको पत्रिका प्रकाशन शुरुवात भयो । यहि पत्रिकाको कार्यकारी सम्पादक भएर आचार्यले पत्रिकारिताको शुरुवात गर्नु भएको थियो । सुसासन र पारदर्शिताको पक्षमा वकालत गर्ने अभियानमा आचार्यको यो नै टर्निङ प्वाईन्ट रहेको छ ।
यसै क्रममा २०६४ सालमा स्थापना भएको खोटाङकै पहिलो रेडियो रुपाकोट सामुदायिक रेडियोको संवाददाता भई काम गर्नु भएका आचार्यले भ्रष्टाचार, शुसाशन, विकृती विरुद्ध कलम चलाउन थाल्नु भएको थियो । उहाँलाई २०६४ साल कै पौष २४ गते देखि एभिन्युज टेलिभिजनको खोटाङ सम्बाददाता भई काम गर्ने अवसर जु¥यो ।

२०७७ साल सम्म एभिन्युज टेलिभिजनमा निरन्तर काम गर्नु भएको आचार्यले टेलिभिजनको रिपोर्टिङ मार्फत स्वास्थ्य, शिक्षा, कृषि, सडक, यातायात लगायतका धेरै विषयमा कलम चलाउनु भएको छ । यहि क्रममा आचार्यले जिल्लाको यातायता पत्रकारीता पुरष्कार, उद्योग वाणिज्य पत्रकारीता पुरस्कार लगाएका दर्जन बढी पुरस्कार पाउनु भएको छ ।

यस बिच काठमाडौँबाट प्रकाशन हुने दैनिक पत्रिकाहरु राजधानि दैनिक, नेपाल समाचार पत्र, अन्नपुर्ण पोष्ट, वि एफ एम, सप्तकोशि एफ एम लगाएतका मिडियामा पनि संवाददाता भई काम गरेको अनुभव आचार्यसँग रहेको छ । उहाँले सबै सँधै बाहिरमात्र समाचार पठाएर हुन्न भन्ने मान्यता लिएर २०६८ सालमा खोटाङ जिल्लाबाटै प्रकाशन हुनेगरी हलेसी साप्ताहिक खबर पत्रिकाको स्थापना गर्नु भयो । २०६७ सालमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्नु भएको आचार्यको हलेसी खबर साप्ताहिक प्रेस काउन्सिल नेपालको सूचिकरणमा खोटाङ जिल्लाबाट क वर्गमा रहेको छ ।
पछिल्लो समय हलेसी न्युज नेटवर्क प्रालि दर्ता गरेर संचार उद्यममा समेत लाग्नु भएको आचार्य यस प्रालिका अध्यक्ष समेत रहनु भएको छ । हलेसी न्युज नेटवर्कले हलेसी खबर साप्ताहिक खबर पत्रिकाको अनलाईन संस्करण हलेसी खबर डटकम २०७४ सालबाट प्रकाशन शुरुवात गरेको छ ।

प्रेस काउन्सिलमा समेत सुचिकृत भईसकेको यस अनलाईनको अध्यक्ष समेत रहेका आचार्य अहिले पनि विभिन्न पत्रकार सम्वद्ध संस्थाहरुमा आवद्ध रहेर निरन्तर पत्रकारिताको वृद्धि विकासमा लागि रहनु भएको छ ।

खोटाङ जिल्लाको पत्रकारितामात्र नभई सिँगो मुलुकको पत्रकारिताको बारेमा चिन्तन गरिरहेका पत्रकार हरिबोल आचार्यलाई यसबर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०७९ ले सम्मान गरिने भएको छ ।
– भिम राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार