माओवादी केन्द्र खोटाङद्धारा २६ जनाको नाम सिफारिस

खोटाङ, २१ भदौ । नेकपा माओवादी केन्द्र खोटाङले आसन्न संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको २६ जना नेताहरुको नाम केन्द्रमा शिफारिस गर्ने भएको छ । दिक्तेल बजारमा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताहरुको बैठकले प्रतिनिधी सभाका लागि ४ जनाको नाम शिफारिस गरेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ पूर्व सांसद तथा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रिय समिति सदस्य रामकुमार राई (पासाङ) केन्द्रिय समिति सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की (अस्मिता) र केन्द्रिय सदस्य दुर्गा जयन्ती राईको नाम शिफारिस हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । यसैगरी प्रतिनिधी सभा समानुपातिक उम्मेद्वारमा आदीवासी जनजातीको तर्फबाट टंक तामाङ (मदन) र दलित बाट परशुराम विकको नाम सिफरिस भएको छ

पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको निर्णय अनुसार प्रदेश सभाका लागि प्रत्यक्ष तर्फबाट प्रदेश सभा (क) मा जीवन राई ( संगिन), हस्त बहादुर राई (आमोद) बिकास राई र सिताराम अधिकारीलाई पार्टीले उमेदवारीकालागि सिफारिस गरेको छ । यस्तै समानुपातिक तर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम परेको छ ।

यसैगरी प्रदेस सभा (ख) प्रत्यक्ष तर्फ ध्रुव बुढाथोकी (धिरन), देवान चाम्लिङ (पृथ्वी) र दीपक पाण्डे (आकाश)को नाम रहेको छ भने समानुपातिक तर्फ निसाना राई, कल्पना चाम्लिङ (सोनीया), विनिता राई (सुशील) डा. विष्णु राई, नवल खड्का , गजेन्द्र राई, सुमिना राई, नरेन्द्र निर्विकारको नाम सिफारिस गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक दीपक पाण्डे (आकाश)ले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार