प्रदेशसभा (ख) मा दंगाल सर्वसम्मत, संघकालागी सहमतिको प्रयास

णखोटाङ, १८ भदौ । नेकपा (एमाले) खोटाङले प्रदेशसभा (ख)का लागि प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष रामप्रसाद दंगालको एकमात्र नाम सर्वसहमत भएकाे छ । एमालेकाे क्षेत्रीय समितिकाे भेलाले आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा (ख)बाट एकमात्र उम्मेदवारको रुपमा जिल्ला अध्यक्ष दंगालको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेखसभा (ख)मा अन्य नेताहरु कसैको पनि दाबी रहेकाले दंगालकोमात्र एकल नाम प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभयो । समानुपातिकमा प्रदेश समिति सदस्य दूधराज तामाङ, सचिवालय सदस्यहरु चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई र गीतामायाँ राई तथा जिल्ला सदस्य भगवती प्रधानको नाम सिफारिस भएको एमाले खोटाङले जनाएको छ ।

प्रदेशसभा (क)मा जिल्ला उपाध्यक्ष देवबिक्रम राई, प्रदेश समिति सल्लाहकार सर्वधन राई, जिल्ला सचिवालय सदस्य लीलानाथ निरौला र जिल्ला सदस्य अनिशा खनालको दाबी रहेको जनाइएको छ । प्रदेशसभा (क)मा आकांक्षी धेरै देखिएपनि सहमतिमा एकजनाको नाम सिफारिस हुने सचिव आचार्यले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई र रमेश पौडेल, प्रदेश सदस्यहरु पाचँकर्ण राई ‘पिके’, राजन ढकाल र देवान राईको दाबी रहेको जनाइएको छ । यद्यपि, भोलि बिहानसम्ममा सहमति गरेर एकजनाको मात्र नाम सिफारिस गर्नेगरी छलफल भइरहेको एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार