संघ र प्रदेशको चुनावमा खोटाङ कांग्रेसबाट ४२ जना उम्मेद्वारको नाम सिफारिस

खोटाङ, १८ भदौ/ नेपाली कांग्रेस खोटाङले निकै लामो रस्साकसीबिच आगामी प्रतिनिधी सभा र प्रदेश सभा सदस्यकालागि उम्मेद्वारको नाम टुङ्ग्याएको छ । पार्टी नेताहरुबिच भएको सकसपूर्ण छलफलपछि कांग्रेस खोटाङले प्रतिनिधी सभा सदस्यका लागि १९ जना र प्रदेश सभा सदस्यका लागि २३ जना गरि ४२ जना उम्मेदवारको नाम शिफारिस गरेको हो ।

प्रतिनिधी सभाको १ सिटका लागि खुल्ला प्रतिस्पर्धामा पूर्व राज्यमन्त्री सर्वधन राई सहित १० जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको कांग्रेसले जनाएको छ । प्रतिनिधी सभाकालागि सुवास पोख्रेल, भुपेन्द्र राई, हिरा गुरुङ, रोजन राई, डा. राजकुमार राई, रामप्रसाद आचार्य (आर पि), विष्णुराज राई, योगेन्द्र राई र शरण कुमार राईको नाम सिफारिस गरिने भएको हो ।

यस्तै समानुपातिक कोटामा महिला तर्फबाट सरस्वती बजिमय र शान्ति राई समानुपातिक खुल्ला तर्फबाट दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्र कुमार कटुवाल, नवराज केसी, केशवराज कार्की, महेश रेग्मीको नाम सिफारिस गर्ने निर्णय भएको कांग्रेस खोटाङले जनाएको छ ।

यस्तै दुई सिट प्रदेशसभा सदस्यका लागि खोटाङको निर्वाचन क्षेत्र (क) बाट नेपाली कांग्रेस क्षेत्रिय कार्य समितिले प्रत्यक्षमा नरेशकुमार श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैजुलाई सिफारिस गरेको छ । यसैगरी समानुपातिक तर्फबाट रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देबी राईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

खोटाङ निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ सभापति विष्णुकमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको नाम सिफारिस गरेको जनाइएको छ । यस्तै, समानुपातिकतर्फ शहरमान राई (खुल्ला पुरुष तर्फ) महिलातर्फ कमला राईलाई सिफारिस गर्दै इच्छुराम राणा, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकाललाई समेत समावेश गरिएको प्रदेश सभापति दिनेश घिमिरेले जानकारी दिनु भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार