केपिलासगढीमा नेकपा माओवादी केन्द्रकाे बैठक सम्पन्न

खाेटाङ, ५ भदाै । खाेटाङकाे केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रकाे पालिका कमिटि बैठक सम्पन्न भएकाे छ । बैठकले केपिलासगढी गाउँपालिका भित्रकाे संगठनकाे अवस्था र आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई गाउँटाेल सम्म पुर्याउने कार्यक्रम सम्बन्धि छलफल गरेकाे हाे ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समिति सचिव जीवन राई (संगिन) काे प्रमुख आथित्यमा बसेकाे बैठकले समसामयीक राजनीतिक अवस्थाकाे बिष्लेशन गरेकाे छ।

बैठकमा पार्टीकाे आगामी कार्यदिशा र स्थानीय तहमा जनप्रतिनिधीहरुले खेल्नुपर्ने भुमिकाकाे बारेमा प्रदेश सदस्य तथा समन्वय सचिव संगीनले दिशा निर्देश गर्नु भएकाे छ । यस्तै पार्टी प्रदेश सदस्य विनाेदले आगामी कार्य याेजना र जनप्रतिनिधीहरुकाे कार्यभारका बारेमा वडाहरुबाट आएकाे रिपोर्टिङकाे शंस्लेषण गर्नु भएकाे थियाे ।

बैठकले केपिलासगढी गाउँपालिका भित्र पार्टीकाे वडा स्तरीय भेला तथा बैठकहरु संचालन गर्न वडा नम्बर १ फेदीमा भदाै १७ गते, वडा नम्बर २ खार्ताम्छामा भदाै १८ गते, वडा नम्बर ३ बास्पानीमा ९ गते, वडा नम्बर ४ बाक्सिलामा १३ गते वडा नम्बर ५ सप्तेश्वर भदाै ११ गते र वडा नम्बर ७ सुङ्देलमा भदाै २६ गते राख्ने निर्णय गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार