जसपा छाडेका टाेली माओवादी केन्द्रमा समाहित


खाेटाङ/१ भदाै । दुईदिन अगाडि जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतकाे समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएकाे छ । साउन ३० गते सम्म जसपा नेपालकाे केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी छाेडेकाे उक्त समुहले आज एक प्रेस विज्ञप्ति जारी गरेर माओवादी केन्द्रमा समाहित भएकाे जनाएकाे हाे ।
लामो समय देखि मुलुकको आमुल परिवर्तनको खातिर विभिन्न किसमका राजनीतिक आन्दोलनहरुमा सहभागी भई अग्रगामी परिवर्तनको पक्षमा निरन्तर संघर्षरत गरेकाे, पहिचान सहितको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मुल प्रवाहबाट पृथक नरहने भन्दै उनिहरुले माओवादी केन्द्र राेजेकाे विज्ञप्तिमा उल्लेख छ।
अहिले मुलुकले समाजवादी राजनीतिक नेतृत्वका साथ सहि राजनीतिक कार्यक्रम, राजनैतिक कार्यदिशा दिन सक्ने विचारको खोजि गरिरहेको छ । यसै सन्दर्भमा मुलुकलाई वर्तमान राजनीतिक परिवेश सम्म ल्याई पु¥याउन लामो समय शसस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान उपलब्धीको समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने वैचारिक तथा सैद्धान्तिक हिसाबले नेपालको एकमात्र वैकल्पिक राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रहेको हाम्रो ठहर गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
हाल जिल्ला तहमा छलफल गरि समाहित भएकाे र याे क्रम जिल्ला, पालिका, वडा र टोल स्तर सम्म हुने विज्ञप्तिमा उल्लेख छ । समायोजनमा निम्न व्यक्तिहरु समावेश भएका छन् १, टंकबहादुर थापा
२, देवकुमार राई                                                           ३, नविन किशोर राई
४, दिपककुमार तामाङ
५, प्रवचन राई
६, मनोज राई
७, जुलन राई
८, सविन राई
९, किरण राई
१०, सन्तोष तामाङ
११, भुवन राई                                                          १२, कर्ण तामाङ
१३, मेख बहादुर तामाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार