राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता तालिम जारी 

खोटाङ/ ३१ साउन । खोटाङमा नव निर्वाचित र पुनः निर्वाचित जन प्रतिनिधिहरुलाई दलित महिला केन्द्र संस्था नेपालद्धारा राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता खोज्दै नेतृत्व बिकास प्रशिक्षण तालिम भईरहेको छ । जिल्लामा साउन ९ गतेबाट हलेसी तुवाचुङ नगरपालिका बाट शुरु भएको तालिममा साउन ३१ सम्म पहिलाे चरणमा चलेकाे छ। हलेसी   तुवाचुङ नगरपालिकामा २३ जना रावाबेसी गाउँपालिकामा १० जना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३१ र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ जना गरी जम्मा ७७ जनाले लिइ सकेको शि लिड्स कार्यक्रमका बुना विकले जानकारी दिएकी छन् ।

सिमान्तकृत महिलाहरुको अधिकार संरक्षण, प्रवद्र्धन, आर्थिक सबलीकरण तथा आत्मसम्मानको लागि कार्यरत राष्ट्रिय स्तरको गैरसरकारी संस्था दलित महिला केन्द्र नेपालले   Swiss Agency for Development and Cooperation (SDC) र Australian Government-Department of Foreign Affairs and Trade को आर्थिक सहयोगमा यो कार्यक्रम संचालन गर्दै आएको छ ।
आई.एफ.ई.एस.सँगको सहकार्यमा प्रदेश नं १ को खोटाङ, ओखलढुङ्गा, मोरङ्ग, सुनसरी र झापाका ३९ वटा पालिकाहरुमा र यस खोटाङ जिल्लाको ८ वटा पालिका यो कार्यक्रम रहेको शि लिड्सले जनाएको छ ।
खोटाङको हलेसीतुवाचुङ नगरपालिका, दिक्तेल    रुपाकोट मझुवागढी नगरपालिका,रावाबेसी गाउँपालिका, दिप्रुङ चुईचुम्म गाउँपालिका, साकेला गाउँपालिका,र नयाँ थप एैसेलुखर्क गाउँपालिका, जन्तेढुङगा गाउँपालिका, “शी लिड्स–महिला नेतृत्व” परियोजना सञ्चालन भइरहेको छ ।
खोटाङ जिल्लामा सञ्चालित शि लिडस परियोजना कार्यक्रम अन्र्तगत २०७९ साल बैशाख ३० गते निर्वाचित महिला जनप्रतिनिधिहिरुको लागी स्थानीइ तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व बिकास सम्बन्धी तालीमको ब्यावस्था गर्दै आएको छ । जिल्लामा साउन ९ गते बाट शि लिडस नेपाल महिला नेतृत्व कार्यक्रममको दोस्रो चरणको तीन दिने अभिमुखीक।ण तालीम  हलेसी तुवाचुङ नगर पािलकाबाट सुरु भई साउन ३१ गते सम्म दिप्रुङचुईचुम्मा गाउँपालिकामा सम्पन्न भएको छ ।
यसैगरी कार्यक्रम रहेको पालिकाका पालिका प्रमुखहरुले सबैले यो कार्यक्रम महत्वपुर्ण रहेको र महिलाजनप्रतिनिधिहरु समय सँगै सक्रियता रहनुपर्ने जानकारी पनि दिनु भएको छ । साकेला गाँउपालिकामा कोभीडको कारण हाल यो कार्यक्रम गर्ने नसकिए पनी अन्य चार पालिकामा संचालित अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुको पुर्ण सहभागीता र सक्रियता रहेको जनाईएकोछ ।
हलेसी तुवाचुङ नगरपालिकामा २३ जना रावाबेसी गाउँपालिकामा १० जना दितmेल रुपाकोट मझुवागढी नगरपालिकामा ३१ र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ जना गरी जम्मा ७७ जना महिला जनप्रतिनिधिहरुलाई यो अभिमुखीकरण ताालीम दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार