खोटाङ/ ३१ साउन । पार्टी परित्याग गरेको घोषणा सँगै खोटाङ जिल्लाको जसपा नेपालमा अन्योलता देखिएको छ । जिल्ला सदरमुकाम दिक्तेलमा मंगलबार जसपा नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो अन्योलता देखिएको हो ।जसपा नेपालका अध्यक्ष सहित ३९ जना नेता कार्यकताले ३० गते सोमबार पार्टी परित्याग गरेको पत्रकार सम्मेलन मार्फत दिएको जानकारी गलत भएको विज्ञप्तीमा दावि गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष भनिएको टंकबहादुर थापा, देवकुमार राई र दिपक तामाङ बाहेक अन्यले पार्टी नछोडेको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा यस जसपा नेपालको १५१ सदस्य मध्ये पूर्व नयाशक्ति पार्टीबाट आएका पहिल्यै सम्पर्क नरहेको जानकारी दिईएको छ । बाबुरामपन्थीहरु पहिल्यै निस्कृय रहेको उल्लेख गर्दै विज्ञप्तीमा उनिहरुका बारेमा उल्लेख गर्न नचाहेको बताए ।
पार्टीमा निस्कृय रहेकाहरुलाई कारबाही भईसकेको हो भन्ने प्रश्नमा पार्टीले हाल सम्म कसैलाई पनि कारवाही नगरिएको जसपा नेपालका उपाध्याक्ष पिके खम्बुले बताए । यद्यपी पार्टी छाडेर जानेहरु फर्किन समेत सक्ने भएकाले कसैलाई कारबाही भन्ने शब्द नराखी माथिल्लो कमिटिमा सिफारिस भने गरिएको उनको भनाई रहेको छ ।
विज्ञप्तीमा स्पष्ट केही नआएको ३९ जनाले पार्टी छाडेको विषय सर्वत्र समाचार आईसकेको भएपनि अन्य नेता कार्यकर्ताहरुको विषयमा विज्ञप्ती नबोलेको पत्रकारहरुले जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिदै जसपा नेपालका प्रदेश सदस्य नविन राईले विज्ञप्तीमा सबै कुरा आएमा छलफल नै नहुने भन्दै पार्टीले उहाँहरुको बारेमा केही नराम्रो सोचेको बताए ।
उनले पार्टी संगठनको विधानले जिल्ला समन्वय समितिले कुनै कारबाही गर्न नसक्ने प्रावधान नभएको बताउँदै रिर्पोटिङका रुपमा माथिल्लो कमिटिमा लेखेर पठाएको जानकारी दिए ।पत्रकार सम्मेलनमा साउन ३० गते बसेको बैठकले कसैलाई पदोन्नती वा कारबाही केही नगरेको बताएपछि केही छिन अरु छलफल पनि चलेको थियो ।