राजनीतिमा महिलाहरुकाे अर्थपुर्ण सहभागिता खाेज्दै तालिम

हलेसी तुवाचुङ । खोटाङमा नवनिर्वाचित र पुनः निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सँग सम्बन्धित तालिम सम्पन्न भएकाे छ । हलेसी तुवाचुङ नगर पालिकामा साउन ९ गतेबाट शुरु भएकाे तालिम ११ गते सम्पन्न भएकाे हाे ।

दलित महिला केन्द्र संस्था नेपालद्धारा राजनीतिमा महिलाको अर्थपुर्ण सहभागीताको लागी शि लिडस परियोजना मार्फत तालिम संचालन गरिएकाे तालिममा सहभागी दीक्षा राईले जानकारी दिनुभयाे । १ नम्बर प्रदेश अन्तर्गत  ५ वटा जिल्लाको ३९ पालिकामा ७३० जना जनप्रतिनिधिहरुलाई तालिम दिन शुरुवात भएकाे शि लिड्सका बुना बिकले जानकारी दिनु भयाे ।

नवनिर्वाचित र पुनः निर्वाचित जनप्रतिनिधिहरुलाई दलित महिला केन्द्र संस्था नेपालद्धारा नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिदै आएकाे छ ।  खोटाङ जिल्लामा यसअघि रावा बेसी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, हलेसीतुवाचुङ नगरपालिका , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तालिमहरु चल्दै आएकाे छ । यस आर्थिक बर्षबाट जिल्लाकाे थप ३ वटा पालिका जन्ते ढुङगा  गाउँपालिका, खोटेहाङ गाउँपालिका र एैसेलुखर्क गाउँपालिका पनि शि लिड्स परियाेजना संचालनमा आउने भएकाे छ ।

सहजकर्ता दुर्गाजयन्ति राई, लक्ष्मिकुमार राई लगायतले सहजीकरण गर्नु भएकाे हलेसी तुवाचुङकाे तालीममा २३ जना सहभागीको  उपस्थीत  भएको थियो ।
सात चरणमा सम्पन्न हुने तालीममा स्थानीय तह र जनप्रतिनिधिको काम कर्तव्य,अधिकार भुमिकाको बारेमा प्रशिक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार