खाेटाङकाे गाउँ गाउँमा प्रतिभा खाेजिने

असार १८ शनिबार । खोटाङ जिल्लामा घरभई काठमाडौँलाई कर्मथलो बनाई रहेका कलाकारहरुले अब गाउँ गाउँमा प्रतिभा खाेज्ने भएका छन् । करिब २ बर्ष अगाडि स्थापना भएको खोटाङ कलाकार समाज नेपालले आफ्नो मातृभुमी खोटाङमा गायन, नृत्य तथा अन्य विधाका नया प्रतिभाकाे खाजी गर्ने भएका हुन् ।

देशभर खोटाङ जिल्लालाई कला र संगीत क्षेत्रको उर्वरभुमिका रुपमा लिईने भएपनि जिल्लामा केन्द्रित भएर कला संगीतको क्षेत्रमा कामगर्ने संस्थाको अभाव रहेको बेला कलाकार समाजले नया कार्यक्रम लिएर खोटाङ आएको समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनु भयो । कला संगीतको क्षेत्रमा स्थापित व्यक्तित्वहरुको सहभागितामा बनेको संस्थाले काठमाडौँमा रहेर खोटाङका नव प्रतिभाहरुको खोजि गर्दै उनिहरुको क्षमताको कदर गर्ने कार्यक्रम तय गरेको अध्यक्ष राईले जानकारी दिनु भएको छ । उहाँले कलाकारीता खोटाङगेको विशेषता भईसकेको छ भन्दै अब नया प्रतिभाहरुको खोज गर्नु अनिवार्य रहेको बताउनु भएको छ ।

जिल्ला सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै खोटाङ कलाकार समाजका महासचिव धर्मराज पोख्रेलले कला, संगीत जस्ता सिर्जनशिलता कसैको पेवा नहुने बताउनु भएको छ । उहाँले कलाकारहरु विभिन्न राजनीतिक पार्टीप्रति आस्थावान रहेपनि खोटाङ कलाकार समाजमा राजनीति रंग नभएको स्पष्ट पार्नु भएको छ । उहाँले राजनीति विचारको जुत्ता बाहिर फुकालेर कलाकार समाजमा छिरेको बताउनु भयो ।

स्थानीय नया प्रतिभाहरुको खोजि गर्दै उनिहरुलाई कला तथा संगीतमा लाग्न प्रेरित गर्न तथा कला तथा संगीतमा लागेर आत्मनिर्भर बनाउने योजनाका साथ कलाकार समाजले खोटाङ गायन प्रतिभा प्रतियोगिता, खोटाङ नृत्य प्रतिभा प्रतियोगिता र खोटाङ प्रतिभा प्रतियोगिता संचालन गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । स्थानीय तहको प्रत्येक वडाबाट पालिका स्तरिय र पालिकाहरुबाट जिल्ला स्तरिय प्रतिभाहरु प्रतियोगिताका माध्यामबाट छनौट गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिनु भएको छ ।

आगामी माघ फागुन महिनामा आयोजना गर्न लागिएको कार्यक्रमको बारेमा स्थानीय तहसँग आवश्यक परामर्शमा जुटेको संस्थाले आगामी भदौ १८ गते काठमाडौ स्थीत प्रज्ञाभवन कमलादीमा लाईभ वाद्यवादन सहितको सांगीतिक कार्यक्रम गर्ने निर्णय गसिसकेको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले संस्थाले खोटाङमा रहेको नव प्रतिभाहरुलाई सम्मान गर्दै उनिहरुलाई स्थापित गर्दै निरन्तर नया प्रतिभाहरुको खोजि गर्दै लैजाने कार्यक्रम रहेको जानकारी दिुन भयो ।

सम्मेलनमा सहभागी नेपाल आईडल पहिलो विजेता समाजका सदस्य विक्रम राईले प्रतिभाहरुको खोजि गर्नुमात्र ठुलो कुरा नभई उनिहरुलाई स्थापित गर्दै लैजानु महत्वपूर्ण विषय रहेकाले समाजको दायीत्व बढि भएको बताउनु भयो । उहाँले खोटाङका नया प्रतिभालाई राष्ट्रिय स्तरमा समेत कसरी स्थापित गर्ने भन्नेबारेमा समाजले योजना निर्माण गरेर जाने बताउनु भएको छ ।

स्थानीय गाउँ तथा नगरपालिकाहरुसँग भेटघाट तथा छलफल कार्यक्रमहरुको शिलसिलामा रहेको कलाकार समाजको टोलिमा अध्यक्ष रुपकुमार राई, महासचिव धर्मराज पोख्रेल, सदस्यहरु गायक बिक्रम राई, गायीका कला राई, मिना राई, गीतकार भुवन पारुहाङ, नृत्य निर्देशक अनिल राई लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार