हलेसीमा मुल्यवृद्दी विरुद्ध मशाल जुलुस प्रदर्शन

हलेसी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले देश व्याप्त चरम महंगीकाे विरुद्धमा खाेटाङकाे हलेसीमा मशाल जुलुश प्रदर्शन गरेकाे छ । सर्वसाधरणकाे ढाड सेक्नेगरी दैनिक उपभाेग्य वस्तुकाे मुल्य वृद्धि नियन्त्रण गर्न नसकेकाे भन्दै राष्ट्रिय युवासंघ नेपाल हलेसी तुवाचुङ नगर कमिटिले बृहत् मशाल जुलुस प्रदर्शन गरेकाे हाे ।

सरकारले जनताकाे ढाड सेक्नेगरि महंगी बढाएर तमासा गरेकाे भन्दै युवासंघका पूर्वअध्यक्ष रमेश पाैडेल सरकारकाे नालायकीपनकाे विरुद्धमा आन्दाेल शुरु भएका बताए । मशाल जुलुसपछि बाेल्दै पाैडेलले याे वेथितिकाे अन्त्य नभए युवाहरुले मशालले सरकारकाे सत्ता समेत जल्न सक्ने चेतावनी दिए ।

फरक प्रसंगमा नेता पाैडेलले हलेसीमा केहिदिन पत्रकार मनाेज गिरिमाथी भएकाे सांघातिक आक्रमणमा नेपाली कांग्रेसकाे हात रहेकाे भन्दै यसकाे समत विराेध गरेका छन् ।

खेतिकाे समयमा किसानलाई मल उपलब्ध गराउन नसक्नु सरकारकाे लाचारीपन भएकाे, पेट्राेलियम पदार्थ, खाद्य वस्तु तथा अन्य सबै किसिमका उपभाेग्य वस्तुकाे महंगीकाे नियन्त्रण गर्न नसक्ने सरकारकाे विरुद्ध आन्दाेलन उठाउनु परेकाे युवासंघ जिल्ला अध्यक्ष रसकुमार राईले बताए ।

जनता दिनानुदिन अभाव र भाेकमरीमा परिरहेका बेला सरकार भने कानमा तेल हालेर अनेक किसिमका हत्कण्डा मच्चाईरहेकाले युवाहरु सडकमा आउन बाध्य भएकाे राईकाे भनाई छ । उनले सदरमुकाम दिक्तेलबाट शुरु भएकाे आन्दाेलनकाे अभियान जिल्लाकाे सबै पालिकामा पनि गरिने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार