आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने : हलेसी तुवाचुङ मेयर बिमला राई

हलेसी तुवाचुङ
जेठ १६,सोमबार । हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने बताउनु भएको छ । हलेसी महादेव विकास समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा अभिनन्दन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

हलेसी महादेव विकास समितिको कार्यलय हलेसी खोटाङमा आयोजना गरिएको कार्यक्रममा मेयर राईले आफ्नो ठाउँ बनाउन आफै लाग्नुपर्ने भन्दै अरुले बाहिरबाट गर्ने भनेको सहयोग रहेको बताउनु भयो । हलेसी तुवाचुङ नगरपालिकामा रहेको यस पवित्र धार्मिक स्थलमा कसैले राजनीतिक स्वार्थ लिएर आउन नहुने उहाको धारणा रहेको छ । मेयर राईले राजनीति गर्नलाई अरु थुप्रैठाउँ खालि रहेको भन्दै त्रिधार्मिक स्थल हलेसीको विकास निर्माण र व्यवस्थापनमा कुनैपनि राजनीतिक या व्यक्तिगत स्वार्थ भन्दा माथी उठ्नु पर्ने बताउनु भयो ।

विगतमा नगरपालिका र विकास समितिबिच भएका केही समस्याहरु प्रति लक्षित गर्दै उहाँले काम रामै्र गर्न खोजेको भएपनि कसो कसो पारा नमिलेको धारणा राख्नु भयो । ‘गर्ने सबैले यहि ठाउँकालागी हो, यहाँ व्यक्तिगत लोकप्रियता हैन सामुहीक स्वामित्व ग्रहण हुनेगरी अब नगरले काम गर्नेछ ।’ उहाँले भन्नु भयो, ‘हामी सस्तो लोकप्रियताकालागि काम गर्दैनौँ ।’

विकास समितिका कार्यकारी निर्देशक सम्बर बहादुर भुजेलले खादा तथा अविर लगाएर स्वागत तथा अभिनन्दन गर्नु भएको कार्यक्रममा हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई, पूर्वअध्यक्ष गजुरमान राई, हलेसी महादेव विकास समितिका सदस्यहरु तथा पुजारीहरुले अविर तथा खादा लगाएर नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

स्वागत तथा अभिनन्दन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेश राउत तथा हलेसी तुवाचङ नगरपालिका वडा नं ७ का वडाअध्यक्ष कमल गिरि सहभागी रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार