ऐसेलुखर्कमा एमाले अग्रता कायमै

ऐसेलुखर्क/ ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनका विरुद्ध एमालेकाे अग्रता कायमै रहेकाे छ । गठबन्धनका तर्फबाट श्रीबहादुर राईले १०४३ मत प्राप्त गर्दा नेकपा एमालेका गिरेन्द्र बहादुर राईले १२५६ मत प्राप्त गरेका छन् ।

वडा नं १, २ र ७ काे मत गणना गर्दा नेकपा एमालेका गिरेन्द्र राई २१३ मतले अगाडि रहेका छन्। यसैगरी दुईवटा वडामा नेकपा एमालेका उम्मेद्वारले वडाअध्यक्ष जितेका छन् । वडा नं १ राखामा माओवादी केन्द्रले वडा अध्यक्ष जितेकाे हाे ।

ऐसेलुखर्क गाउँपालिकाकाे वडा नम्बर १ राखामा माओवादी केन्द्रका पुरुषाेत्तम राजभण्डारी, वडा नम्वर  २ बाकाचाेलमा नेकपा एमालेका नन्दकुमार तामाङ र वडा नम्बर ७ माक्पामा अरुण राई विजयी बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार