टेम्मामा अनमोल अरुण

खोटाङ जिल्लाको दिप्रङ चुईचुम्मा गाउँपालिका ७ टेम्मामा २०४६ साल मंसिर १८ गते बुवा जितप्रसाद राई र आमा शुभहिरा राईको कान्छो छोराको रुपमा जन्मेका अरुण राई स्थानीय तहको निर्वाचन २०७९ मा सोही वडाको वडाअध्यक्ष पदमा उम्मेदवार रहेका छन् । तीन जना दाजु, दुईजना दिदि र एक जना बहिनी भएको परिवारमा जन्मेका अरुणले जन प्रशासनमा स्नातकोत्तर अर्थात एमए गरेका छन् ।

तत्कालिन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको श्री कृष्ण मावि टेम्मा इकाई कमिटीबाट २०५९ मा विद्यार्थी राजनीति शुरु गरेका राई तत्कालिन जनसरकारमा सहभागी भएका थिए । २०६१ सालमा एसएलसी परिक्षा पास पछि अध्ययनको क्रममा २०६४ सालबाट ग्रामिण आदर्श बहुमुखी क्याम्पस बालाजु काठमाडौँमा इकाई समितिमा जोडिन पुगेका थिए । यस्तै २०६५ मा जनता क्याम्पस इटहरी स्ववियु उपाध्यक्षमा उम्मेदवारी दिए ।

चुनावी नतिजf बिबादित भएपनि अखिल क्रान्तिकारी सुनसरी दुई नम्बर क्षेत्र अध्यक्ष जिल्ला संयोजक, इन्चार्ज हुँदै केन्द्रिय सदस्य सम्म बने । २०७३ मा जनता बहुमुखी क्याम्पस संचालक समिति निर्वाचनमा उम्मेदवारीपनि दिए तर यता सफलता मिलेन उनि पराजित हुन पुगे ।

उनै विद्यार्थी संगठनमा लामो समय संघर्ष गरेका अनमोल व्यक्तित्व अरुण राई हाल दिप्रुङ चुइचुम्मा गाउँ पालिकामा नेकपा माओवादी केन्द्रको पालिका कमिटि सचिवालय सदस्य तथा बिद्यार्थी फ्र्याक्सन इन्चार्ज रहेका छन् । भने उनले यस पटकको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको पदमा चुनावी मैदानमा उत्रेका छन् । हाल सम्म सार्वजनीकि पदधारण नगरेको एक युवा अरुणले समाज परिवर्तन को पहिलो सर्त चेतनाको बिकाश रहेको मान्यता अगाडि सारेका छन् । उनले भने ‘हाम्रो परिवेशमा यो पनि सापेक्षता अनुसार हुने देखिन्छ, चेतनाको स्तर बिकाशको लागि कम्तिमा पनि मानिस लाई स्वतन्त्रता पुर्वक सोच्ने र आफ्नो अभिव्यक्ति खुल्ला ढंगले राख्ने वातावरण हुनु पर्दछ जस्तो लाग्छ मलाई’ उनले यो सवै अवस्था निर्माण हुनकोलागि उसले कम्तिमा पनि शिक्षा, स्वास्थ्य र रोजगारको अधिकार प्राप्त गर्नु पर्ने मान्यता राख्दछन् । उनले थपे, ‘त्यो भन्न खोजेको मानिस कम्तिमा पनि आर्थिक हिसाबले सवल र स्वतन्त्र हुनु पर्छ भन्ने हो ।’ यसको आधार तयार गर्ने अहिलेको आम जनताको आँगनको सरकारको रुपमा स्थापित स्थानीय सरकारले सार्थक पहल गर्नु पर्दछ ।

उनले आफ्नो नेतृत्वमा स्थानीय सरकार भएमा सबै भन्दा पहिलो काम गाउँलाई बस्न लायक बनाउने अठोट गरेका छन् । उनले भने, ‘हाम्रो परिवेशमा भन्नु पर्दा अहिले गाउँ घर करिब खण्डहर हुने क्रम मा छ हामीले कम्तिमा पनि यस्तो भयावह अवस्था बाट बचाउने पहल र सार्थक प्रयत्न गर्नु पर्दछ त्यो भनेको कुनै पनि कारणले हुने बसाइ सराइलाइ रोक्नु पर्दछ । खास गरि अहिले पहाडी ग्रामिण भूगोलको जनताहरु गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य र रोजगारको अवशर निम्ति बसाइ सर्ने क्रम देखिन्छ ।

उनले स्थानीय सरकारले कम्तिमा पनि आम नागरिकको गुणस्तरीय शिक्षा,सुलभ स्वास्थ्य सेवा र रोगार श्रीजनाको लागि ठोस पहल गर्नु पर्दछ त्यसको लागि हाम्ले अहिले भै रहेको संरचनामा केहि परिमार्जन गरेर शिक्षा र स्वास्थ्य लाइ सुनुश्चित गर्न सकिन्छ भने रोजगार भनेको आर्थोपार्जनको अवशर भएको हुनाले कृषि को ब्यबसायिकिकरण र सामिहिक प्रयत्नमा उत्पादन मुलक काम गर्न सकिन्छ त्यसको ठोस पहल जनताको आँगनको सरकार स्थानिय हातले गर्नु पर्दछ त्यो गर्ने मेरो सार्थक प्रयत्न हुनेछ ।

उनले भने, ‘स्थानिय सरकारले गर्ने हरेक खर्चले आम नागरिकको आम्दानि बढाउनु पर्दछ त्यसको लागि उत्पादन मुलक र व्यावसायिक कृषिलाई पर्यटन संग जोड्नु पर्दछ त्यो मेरो पहिलो काम हुनेछ । अनुदान र बिकाश योजनाको नाममा हुने गरेको आर्थिक अपचलन लाइ पुरै नियन्त्रण गर्नु पर्दछ त्यो गरिने छ, रोजगारी बिकाश योजना को नाम मा हुने परिवारवाद, नातावाद कृपावाद र पार्टी करणलाइ नियन्त्रण गरिने छ ।
उनी राजनीतिक कार्यकर्ताकै रुपमा रहँदै समाजसेवामा समेत संलग्न रहेका छन् । आयाम बचत तथा ऋण सहकारी संस्था इटहरी, संस्थापक अध्यक्ष २०६८, समता नेपाल नामक गैह्र सरकारी संस्था सुनसरि संस्थापक सदस्य, जनविद्रोह राष्ट्रिय दैनिक पत्रिकाको, बजार प्रबन्धक, इन्भाइरो केयर कन्सर्न प्रा लि सुनसरी ,कार्यकारी अधिकृत, घांसी नेपाल नामक गैह्र सरकारी संस्था, ललितपुर सानेपा –कार्यक्रम संयोजक, ज्योति लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड दिक्तेल उप शाखा प्रमुख जस्ता पदहरुमा रहेर आफ्नो कार्यअनुभवहरु गुजारेका अरुण हालपनि खोटांग प्राकृतिक बिपत्त राहत कोष खोटाङको पालिका प्रतिनिधीका रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार