दिप्रुङमा माओवादी केन्द्र निकट तीन जनसंगठनको पालिका स्तरीय सम्मेलन

  1. अरुण चाम्लिङ

दिप्रङ चुईचुम्मा, ४ बैसाख । नेकपा माओवादी केन्द्र दिप्रुङ चुईचुम्मा गाउपालिकाले पार्टी निकट जनवर्गिय संगठनहरु पालिका स्तरिय समिति विस्तार गरेको छ । पार्टीको युवा संगठन वाईसियल नेपाल, अनेम संघ क्रान्तिकारी र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको एक साथ ऐतिहासिक पालिका सम्मेलनले जनसंगठन निर्माण गरेको हो ।

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समिति उपाध्याक्ष शिव डाँगीको प्रमुख आथित्यमा भएको संयुक्त सम्मेलनले तीनवटै संगठनको पालिका स्तरिय कमिटिको घोषणा गर्नुका साथै पार्टी प्रवेश कार्यक्रम समेत गरेको छ । संयुक्त सम्मेलनमा बोल्दै उपाध्याक्ष डाँगीले वर्तमान राजनीतिक व्यवस्थाको स्थापना नेकपा माओवादी केन्द्रको अगुवाईमा स्थापना भएको बताउनु भएको छ । उहाँले नेकपा माओवादी केन्द्रले हार्नु भनेको समग्र नेपाली जनताले हार्ने र जनविरोधी तत्वहरुले जित्ने भएकाले माओवादी केन्द्रलाई हार्ने छुट नभएको बताउनु भयो ।

कार्यक्रममा उपस्थित जनसमुदायको उपस्थितीले जितको सुनिश्चिततामा पु¥याएको बताउँदै उहाँले अहिले नेपाली राजनीतिमा समावेशी सिद्धान्तको अवधारणा आफ्नो पार्टीले अगाडि ल्याएकाले दलित, महिला, जनजाती समुदायले यहि पार्टीमा गोलबद्ध हुनुपर्ने बताउनु भयो ।
उहाँले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा सत्तारुढ राजनीतिक दलहरुविच हुने गठबन्धन हुने बताउँदै पार्टीको निर्णय सबै नेता कार्यकर्ताले पालना गर्नुपर्ने बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका खोटाङ जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डे आकाशले पार्टीले आगामी निर्वाचन लक्षित कार्यक्रमहरु तय गरिसकेको बताउनु भयो । उहाँले जिल्लामा सत्तापक्षिय राजनीतिक दलहरुसँग गठबन्धनका लागि वार्ता र छलफल चलिरहेको जानकारी पनि दिनु भएको छ ।

सम्मेलनले प्रमिला विश्वकर्माको अध्यक्षतामा ८१ सदस्यीय अनेम संघ क्रान्तिकारी, नारायण राईको अध्यक्षतामा ७१ सदस्यीय वाईसियल नेपाल र केदार परियारको अध्यक्षतामा ४१ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा पालिका समिति गठन गरेको छ । यस्तै दिपूङ चुईचुम्मा गापा ३ छोरम्बुबाट सुरेन्द्र तामाङको नेतृत्वमा ७ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु अनेम संघ क्रान्तिकारीका धुर्व राई, पुर्व शिक्षक तथा नेता नरेन्द्र निर्विकार, दलित नेता मिलन चाहार, माओवादी केन्द्र खोटाङ–काठमाडौँ सम्पर्क मञ्चका नेता रुपकुमार राई, गोपाल चन्द्र राई, लक्ष्मिकुमार राई, युवा नेता प्रभात राई, किशन राई लगायतले शुभकामना दिनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार