बाम्राङ चुप्लामा माओवादी केन्द्रकाे टाेल कमिटि गठन

नेकपा माओवादी केन्द्रले बाम्राङ चुप्ला टोल कमिटी गठन गरेकाे छ । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष विसन राईकाे प्रमुख आथित्यतामा भएकाे भेलाले क. प्रकास राइको अध्यक्षतामा ३१ सदस्यीय टाेल कमिटि गठन गरेकाे हाे ।

कमिटि उपाध्यक्ष :- क. मनुकला राई, सचिब :- क. सान्ता सुनुवार (राई), सहसचिब :- क. चन्द्र ब.थापा
कोषाध्यक्ष :- क. पुजन राई लगायत रहनु भएकाेछ ।कार्यक्रम बाम्राङको अग्रज कम्युनिस्ट नेता शिव प्रसाद राइको अध्यक्षतामा भएकाे हाे ।

कार्यक्रममा अनेम सङ्घ क्रान्तिकारी नगर सचिब मनिषा हिङमाङ वडा उपाध्यक्ष कमल ब.थापा, अग्रज नेता बिजुल बहादुर थापा, वाईसियल नेता सुरेश क्षेत्री , सन्ताेष भुजेल  लगायतको उपस्थिति रहेकाे पार्टीका नगर सचिव युग्सन किरातले जानकारी दिनु भयाे ।

त्यसैगरी नेकपा एमाले पार्टी परित्याग गर्दै बाम्राङ काढेका भिम बहादुर थापा  नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार