ऐसेलुखर्कमा को को बन्लान् उम्मेदवार ?

ऐसलुखर्क÷स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा खोटाङको ऐसुलखर्क गाउँपालिका सम्भावित उम्मेदवारहरु सक्रिय हुन थालेका छन् । पालिकाभित्र रहेका राजनीतिक दलहरुले भेला, बैठक तथा भेटघाटलाई तिब्रता दिएका छन् । संभावित उम्मेदवारहरु पालिका प्रमुख÷उपप्रमुख र वडाअध्यक्षको टिकटलागी समेत आन्तरिक प्रतिस्पर्धा शुरु भईसकेको छ ।

अघिल्लो निर्वाचनमा मिश्रित परिणाम पाएका दलहरुलाई यसपटकपनि त्यति सहज छैन । सकेसम्म एक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिरहेको भएपनि केही राजनीतिक दलहरुबिच गठबन्दनको संभावना पनि उतिकै रहेको वर्तमान सरकार पक्षिय गठबन्धनका नेताहरुले सुनाउँछन् ।

यसअघि नेपाली कांग्रेसले पालिका प्रमुख तथा नेकपा एमालेले उपप्रमुख जितेको पालिकामा माओवादी दुई वडा अध्यक्ष, एमाले ३ वडाअध्यक्ष र नेपाली कांग्रेसले दुई वडा जितेका थिए । जम्मा ७ वटा वडाभएको पालिकामा यसपटक निर्वाचनमा परिणाम कस्को हातमा पर्छ यसै भन्न सकिने अवस्था नरहेको नेताहरुको आकलन छ ।
पालिका प्रमुख जितेको कांग्रेस पार्टीका अहिले खासगरी ४ जना उम्मेदवारीको लडाईमा छन् । वर्तमान पालिका प्रमुख विश्व निरौँला, पुर्व पालिका पार्टी सभापति हरेराम राजभण्डारी, वर्तमान पार्टी सभापति तथा वडा नं २ का वडाअध्यक्ष सन्तवीर तामाङ, र वडा नम्बर ३ का वडा अध्यक्ष राजेश राजभण्डारी चारै जनाको उतिकै बलियो दावि रहेको ऐसेलुखर्क कांग्रेस श्रोतले जनायो ।

यस्तै नेकपा एमालेको पूर्व उम्मेदवार गृहबहादुर राई, वर्तमान उपाध्याक्ष पुष्पकला भुजेल र युवा नेता गिरेन राईको संभावना रहेको छ । गृहबहादुर राई पुरानो एमाले नेता हुन् । भने पुष्पकला भुजेल तत्कालिन निर्वाचनको बेला शिक्षकको जागिर छाडेर पालिका उपप्रमुख जितेका व्यक्ति हुन् । यस्तै गिरेन राई लामो समय काठमाडौँको आर आर कलेजमा विद्यार्थी राजनीति फर्किएका युवा नेता हुन् ।

यता नेकपा माओवादीमा पालिका इन्चार्ज श्रीबहादुरको संभावना बलियो रहेको छ । यस्तै युवा नेता अगमसिँ राई, बलिभद्र राई, खगेन्द्र वन लगायतको नाम हाल चर्चामा रहेको छ ।

उता एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीको पनि उपस्थिति राम्रै रहने नेताहरु बताउँछन् । नेकपा एसले पुर्व शिक्षक तथा लामो समय बामपन्थी आन्दोलनमा बिताएका लबकुमार राईको नाम चर्चामा ल्याएका छन् । यस्तै प्रशुराम राई, कृष्णचन्द्र श्रेष्ठ, तेज राईको समेत नाम बाहिर आएको छ ।
ऐसेलुखर्क गाउँपालिका भएका दलहरु मध्ये जनता समाजवादी पार्टीको समेत उम्मेदवारको चर्चा परिचर्चा शुरु भएको् छ । व्यवसायीक कृषिकर्ममा स्थापित युवा किशोर राईको नाम अहिले चर्चामा छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत यसपटक पालिकामा उम्मेदवारीको तयारी गरेको बुभिएको छ ।

यी सबै नेताहरुको संभावना हुँदाहुँदैपनि वर्तमान सरकारमा रहेको गठबन्धनका दलहरुविच मिलेर निर्वाचनमा जाने संभावना प्रवल रहेको छ । यसरी गठबन्धन बनेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादीले एक ठाउँमा चुनावा लड्ने छन् । यसरी निर्वाचनमा गएमा नेकपा एमालेलाई निकै ठुलो चुनौति हुनेछ । यो चुनौति सामना गर्न एमालेले राप्रपासँग गठबन्धन गर्ने संभावनापनि उतिकै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार