कविता: तिमी त चैत्र जस्तै भएछाै

तिमी त चैत्र जस्तै भएछाै
– भिम राई(माक्पाली कान्छा)

खडेरी परेछ ज्यान
उराठिलाे भएछ
शरिर
बिरसिलाे देखियाे
ती डाँडा पाखाहरु
के भयाे हाै दाेस्तिनि?
तिमी त चैत्र जस्तै भएछाै

हिमालहरु लत्रिएछन्
माेतिदाना चिम्सिएछ
स्याउ रंगहरु
फुस्राे भएछ
के भयाे हाै दाेस्तिनि ?
तिमी त चैत्र जस्ताे भएछाै

चन्द्रमा जस्ताे चम्किलाे
उषाकाे किरण जस्तै मुलायम
वसन्तकाे आगमन जस्तै प्रेमिल
समयहरु                                                                   सबै छुटेछन अतितमा
के भयाे हाै दाेस्तिनि ?
तिमी त चैत्र जस्तै भएछाै

बर्षादपछि
खुलेकाे आकाश जस्ताे सुन्दर
खाेलाकाे पानी
कलकलाए जस्ताे आवाजहरु
चाैतारीका शित्तल
सुकाेमल सामिप्यताहरु
खै कता हराए ?
के भयाे हाै दाेस्तिनि ?
तिमि त चैत्र जस्ताे भएछाै

म त सँधै
त्यहि साेचि रहन्थे
त्यहि खाेजि रहन्थे
उ बेलाकाे मेलापात
त्यहि बेलाकाे जुनेली रात
सँगै भरेकाे शनिबारे हाट

मैले सुमसुमाएकाे त्याे हात
अहिले त                                                                      के भयाे हाै दाेस्तिनि ?
तिमी चैत्र जस्ताे भएछाै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार