खाेटाङ राजनीतिक नेतृत्वमा समावेशी सहभागिताको प्रश्न

किकाेेस/
खोटाङ जिल्लाको राजनीतिक नेतृत्वले समाजको एक हिस्सालाई कम प्राथामिकतामा राखेको छ । नारामा आधा आकाश नारी र आधा आकाश पुरुष भनेर नथाक्ने राजनीतिक दलहरुले नै आफ्नो संगठनको आधीकारीक पार्टी कमिटिको नेतृत्वमा महिला नेतृत्व अस्विकार गरेको देख्दा नारालाई नारामा मात्र सिमित गर्न खोजिएको होकी भन्ने पर्न आउँछ ।

जिल्लामा क्रियाशिल राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । सबैजसो पार्टीले महिला अधिकारको कुरालाई चर्को स्वरमा ओकल्छन् । तर पार्टी कमिटिमा नेतृत्व दिन चाहादैनन् । अझै दलित महिलाको हकमा त कोटा पु¥याउने बाहेक अरु भूमिकामा शुन्य जस्तै बनेको छ ।

अहिले विगतका शासकीय प्रणालीको अन्त्य भईसकेको छ । पञ्चायतकालिन राजनीतिमा नेपाल महिला संगठन बनाएर महिलाहरुलाई थान्को लगाईन्थ्यो । यस्तै २०४६ सालको ऐतिहासि जनआन्दोलन पछि प्रजातन्त्रको नाममा खुलेका र प्रतिबन्धबाट फुकुवा भएका राजनीतिक दलहरुले समेत उहि शैलि अपनाए ।

खोटाङमा के पञ्चायत, के प्रजातन्त्र, के गणतन्त्र ? यी सबै शासन व्यवस्थाहरुमा पार्टी राजनीतिको नेतृत्वमा अपवाद बाहेक महिला नेतृत्व शुन्य छ । जिल्ला पार्टीको नेता हुने लाईनमा धेरै महिला नेतृहरु भएपनि पुरुष प्रधान समाजले उनिहरुलाई थिचेर राखेको छ । यसले आधा आकाश ढाक्ने नारीको सम्मान भयो की भएन राजनीतिक पार्टीहरुले बुझ्ने कुरा हो । आत्म समिक्षा गर्ने विषय बन्ला या नबन्ला ? यो पनि उहाँहरुलाई नै जिम्मा ।

पछिल्लो समयमा देशव्यापी राजनीतिक दलहरुको अधिवेशन, महाधिवेशन, सभा सम्मेलनहरु भए । ती सभा सम्मेलनहरुले नया नेतृत्वको चयनपनि गरियो । तर कुनैपनि माथील्लो तथा उपल्लो निकायमा महिला नेतृत्व स्थापित भएको देखिएन । उताको कुरा त पर छाडौँ खोटाङ जिल्लाको राजनीतिक दलहरुको समेत चिन्तन साँघुरिएको पाईयो । आफुलाई लोकतन्त्रको महामाहिम ठान्ने दल नेपाली कांग्रेस देखि समावेशीताको नारा लगाएर नथाक्ने दल नेकपा एमाले दुवैले महिला नेतृत्वलाई जिल्लाको पदाधिकारी लेबल सम्म ल्याउन नसक्नुले कति कमजोर मानसिकता रहेको छ भन्ने कुराको पुष्टि हुन्छ ।

यस्ता अरुपनि दलहरु छन् । उनिहरुले कुनै न कुनै हिसाबले पदाधिकारी लेवलमा स्थान दिएका छन् । तर आफुलाई ठुलो भनेर दावि गर्ने दलहरुले समावेशिताको आलाप नगाए राम्रै पो होला की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार