एमाले प्रवेशको कु प्रचार गरेको भन्दै विज्ञप्ती

काठमाडौँ । नेकपा माओवादी केन्द्र केपिलासगढी –काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष विवेक राईले आफुलाई एमालेमा प्रवेश गरेको भन्दै कु प्रचार बताएका छन् । गत पुस २९ गते आफुलाई एमाले नेता विशाल भट्टराई लगायतले छलफल छ भनेर बोलाएर पार्टी प्रवेशको नाटक गरेको उनले आरोप लगाएका हुन् ।

माघ ४ गते मंगलबार एक विज्ञप्ती प्रकाशन गर्दै उनले आफ्नो इच्छा विपरित विभिन्न मिडियामा एमाले प्रवेशको समाचार बनाएको भन्दै दुखेसो पोखेका छन् । आफुले कुनै हालतमा एमालेमा प्रवेश नगरेको र नगर्ने बताए । उनले समावेशी समानुपातिक व्यवस्था, धर्म निरपेक्षता, संघीयता र पहिचानको स्थापना १० बर्षको महान जनयुद्धको जगमा भएको विज्ञप्ती उल्लेख गरेका छन् । ‘मेरो विचार सिद्धान्त नेपालकै अग्रगामी पार्टी नेकपा माओवादी केन्द्रमै रहेको छ र रहिरहनेछ’ विज्ञप्ती उल्लेख छ ।

उनले यसरी गरिएको कु प्रचारको पछाडि कुनैपनि सत्यता नभएको भन्दै आफु माओवादी केन्द्रको जुन जिम्मेवारी प्राप्त भएको छ त्यसैमा क्रियाशिल रहेको पनि विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार