विद्यार्थी बलत्कार आराेपमा शिक्षक पक्राउ

बलत्कार

किकाे समाचार
खोटाङमा बिधार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बलात्कार आरोपमा रावाबेंशी गाउँपालिका–२ खार्पाको भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन्।

पोखरेललाई इलाका प्रहरी कार्यालय उदयपुरबाट शनिबार पक्राउ गरि जिल्लामा ल्याईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो। पोखरेल विरुद्ध खार्पाकै १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोप छ।

आफूमाथि पटक–पटक बलात्कार भएको भन्दै पीडित किशोरी र उनको अभिभावक पक्ष बिहीबार प्रहरीमा जाहेरी लिएर आएको थियो। किशोरीको पेटमा २० हप्ताको गर्भ रहेको जनाईएको छ। किशोरी खार्पाकै एक विद्यालयका विधार्थी हुन्।

आरोपी विरुद्ध आईतबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार