गजल : बदमास बतास बतास admin ४ माघ २०७८, मंगलवार १५:०२ यी धुवाँहरु त बलेकै जाती खरानी भएर जलेकै जाती मान्छे रुवाएर फैलिन खाेज्ने यी भँडुवाहरु त मरेकै जाती स्वार्थ पूरागर्न जनता ढाँट्ने यी ढँटुवाहरु त लडेकै जाती हुरी बतास भएर जनता रुवाउने यी लठुवाहरु त डढेकै जाती – भिम राई (माक्पाली कान्छा)