सङ्घीय संरचनामा माओवादी केन्द्र :

नेकपा माओवादी केन्द्र


खोटाङ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जिल्ला कार्यसमितिलाई विघटन गरेर सङ्घीय संरचना अनुसार पार्टीलाई रुपान्तरण गरेको छ । मुलुकमा सङ्घीयता लागू भएर तीन तहको सरकार सञ्चालन भएको लामो समय बितिसक्दा पनि जिल्लास्थित राजनीतिक दलहरु पुरानै संरचनामा सञ्चालन भइरहेको अवस्थामा माओवादी केन्द्र खोटाङले जिल्लामै पहिलो पटक आफ्नो पार्टीलाई सङ्घीय संरचना अनुसार रुपान्तरण गरेको हो ।

माओवादीको यहि भदौ २२ र २३ गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले स्थानीय तहमा गठन गरिने पालिकास्तरीय समितिलाई कार्यकारी अधिकारसहित सशक्त बनाउने र जिल्लामा समन्वय समितिको भूमिकामा सानो समितिमात्र बनाउने निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले आगामी दिनमा सङ्घीयताको मुलमर्म अनुसार आफूहरुको पार्टी सङ्गठन पनि जोडिएर आउने बताउनुभयो ।

पार्टीको पहिलो बिस्तारित पूर्ण बैठकले जिल्ला समन्वय समितिको संयोजकमा तत्कालीन अध्यक्ष पृथ्वीलाई नै तोकेको छ भने, दशवटै स्थानीय तहमा ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारीसमेत तोकेको छ । पार्टी केन्द्रीय समितिले जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ र सह–इन्चार्जमा ध्रुव बुढाथोकी ‘धिरण’लाई तोकेको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ईन्चार्जमा सुरेश राई, सह–ईन्चार्जमा होमकाजी आचार्य ‘विनोद’, जयप्रकाश राई, सन्तोष राई, माधव राई, विकास राई र बलराम राईलाई चयन गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । नगर समिति अध्यक्षमा विसन राई र सचिवमा युगशन किराँत चयन हुनुभएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको ईन्चार्जमा जीवन राई ‘सँगीन’, सह–ईन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ र चइन्द्र राई ‘आक्रोश’, अध्यक्षमा राजुविक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन हुनुभएको छ । ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई ईन्चार्ज, सिरिमबहादुर राईलाई सह–ईन्चार्ज, अगमसिं राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

रावाबेँसी गाउँपालिकामा सीताराम अधिकारी ‘भूमि’ले ईन्चार्ज, लीला श्रेष्ठ (सविन) र रामबहादुर राईले सह–ईचार्ज, राजन मगरले अध्यक्ष र सीता कटवालले सचिवको जिम्मेवारी पाउनुभएको छ । केपिलासगढी गाउँपालिकाको इन्चार्जमा मनकुमारी रसाइली ‘रस्मी’ इन्चार्ज, रुद्र राई सह–ईन्चार्ज, साङ्गे शेर्पा अध्यक्ष र विष्णु राई ‘जिज्ञासा’ सचिवमा चुनिनुभएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दीपक पाण्डे ‘आकाश’ ईन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरुकुमार राईले सह–इन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दीपक पौडेलले सचिवको जिम्मेवारी पाउनुभएको छ । खोटेहाङ गाउँपालिकामा उदिम राई ‘मुक्ति’ ईन्चार्ज, इन्द्र नाराथुङ्गे सह–ईन्चार्ज, दीपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजीलाई सचिव बनाइएको छ ।

बराहपोखरी गाउँपालिकामा निशाना राई ईन्चार्ज, दुर्गाबहादुर राई सह–ईन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बन्नुभएको छ । जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राईले ईन्चार्ज, वीरबल किराँती र केदार राईले सह–ईन्चार्ज, बद्री राईले अध्यक्ष र विकास भट्टराईले सचिवको जिम्मेवारी पाउनुभएको छ ।

साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’ ईन्चार्ज, बिर्सिका राई सह–ईन्चार्ज, नवीन राई अध्यक्ष र मोहन खत्रीलाई सचिवको जिम्मेवारी दिइएको माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय पार्टी निर्देशन अनुसार जिल्लास्थित सबै जनवर्गीय सङ्गठनहरुको समेत जिम्मेवारी तोकिने संयोजक पृथ्वीले बताउनुभएको छ ।     पार्टीले जारी गरेकाे विज्ञप्ती यस्ताे छ :-

प्रेस–विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको पहिलो वैठक २०७८ भाद्र २२ र २३ गते जिल्ला समन्वय समितिको संयोजक क. पृथ्वी किरातीको अध्यक्षतामा पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य क. राम कुमार राई (पासाङ) को प्रमुख आतिथ्यता र जिल्ला इन्चार्ज क. समिता कार्की (अस्मिता) र सह–इन्चार्ज क. ध्रुव बुढाथोकी (धिरण) को उपस्थितीमा बस्यो । समाजवाद निर्माणको लागि नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं भन्ने नाराका साथ बसेको बैठकले दुरगामी महत्वका निर्णयहरु गरेको छ । उक्त निर्णय सार्वजनिक गर्न यो प्रेश विज्ञप्ती जारी गरिएको छ ।
१. संविधानको भाव अनुसार संघियता र स्थानीय तहको आवश्यकता माथि प्रतिगमनकारीहरुबाट प्रश्न उठाउन थालिएको अवस्थामा पार्टी सत्तालाई पुनसंरचना गर्नु पर्ने आवश्यकता अनुसार जिल्ला समितिको विघटन गरी स्थानीय तहलाई कार्यकारी बनाउदै पुरानो जिल्ला समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ ।
२. सर्बोच्च अदालतको निर्णय संगै हाम्रो पार्टीको विधान विपरित गतिविधि गर्ने विभिन्न कमिटीका ५ जना पार्टी सदस्यहरुको सदस्यता खारेजीको सिफारिस गर्ने निर्णय सहित दर्जनौ संख्यामा पार्टी प्रवेश गर्ने नव प्रवेशी कमरेडहरुलाई वैठकले स्वागत गर्ने निर्णय गरियो ।
३. स्थानीय तहलाई सशक्त बनाउने निर्णय बमोजिम जिल्लाका नेतृत्वहरु आ–आफ्नो पालिकामा जिम्मेवारी लिई फर्कने निर्णय भएको छ । जनवर्गीय संगठनको जिम्मेवारी सहित बाडफाड गर्ने निर्णय गरिएको छ ।
४. एम.सी.सी. सम्झौता राष्ट्रको हितमा नभएको भन्ने हाम्रो जिल्ला पार्टीको ठहर हो र यसलाई पुर्ण रुपमा खारेजीको लागि पार्टी केन्द्रीय कमिटी र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।
५. प्रतिनिधि सभा यस अघि गरिमामय सदनले पास गरेको नेपालको चुच्चे नक्सा यथासिघ्र कार्यन्वयन गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।
६. केन्द्रीय समितिको निर्णय अनुसार २०७८ भाद्र मसान्त सम्म सदस्यता नविकरण गरिसक्ने र भेला सम्मेलनहरु केन्द्रीय कार्यविधि तालिका अनुसार सबै स्थानमा गर्ने निर्णय गरिरएको छ ।
७. जिल्ला पार्टी सदस्यहरुको परिवारजनमा भएको मृत्यु बारे श्रद्धाञ्जली र शोक प्रस्ताव पारित गरिएको छ ।

…………………………..
क. पृथ्वी किराती
संयोजक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

पालिका पदाधिकारीहरुको चयनको वारे वृहत छलफल गरि तपशिल बमोजिम निर्णय गरियो ।
१. ऐसेलुखर्क गाउँपालिका ः
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. अगमसिं राई क. रमेश राज भण्डारी क. श्रीबहादुर राई क. सिरिम बहादुर राई
२. रावा वेसी गाउँपालिका ः
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. राजन मगर क. सिता कटुवाल क. सिताराम अधिकार (भुमि) क. सविन, क. राम बहादुर राई
३. हलेसी तुवाचुङ नगरपालिका ः
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. राजु विक्रम राई कुमार बुढाथोकी क. जीवन राई (संगिन) क.चइन्द्र राई (आक्रोश), क. ज्ञान ब. भुजेल, क. उदय राई
४. केपिलासगढी गाउँपालिका ः
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. साङ्गे शेर्पा क. जिज्ञाशा क. मनकुमारी रसाईली (रस्मी) क. रुद्र राई, क. रामकाजी राई
५ दिप्रुङ चेइचुम्मा गाउँपालिका ः
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. राजेन्द्र राई क. दिपक पौडेल क. दिपक पाण्डे (आकाश) क. कल्पना चाम्लिङ, क. अजम्बर राई, क. लक्ष्मी कुमार राई, क. मेरु राई
६. साकेला गाउँपालिका ः
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. सिताराम राई क. मोहन खत्री क. अर्जुन खड््का (झंकार) क. विर्षिका राई, क. नविन राई,
७ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. विषण राई क. युगशन राई क. सुरेश राई क. विनोद, क. जय राई, क. सन्तोष राई क. माधव राई, क. विकास राई, क. बलराम राई
८. बराहापोखरी गाउँपालिका
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. युवराज मगर क. ताराकान्त राई क. निशाना राई क. दुर्गा बहादुर राई
९. जन्तेढुङ्गा गाउँपालिका
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. वद्री राई क. विकास भट्टराई क. अरुणा राई क. राजकुमार विष्ट, क. केदार राई, क. वीरवल राई
१०. खोटेहाङ गाउपालिका
अध्यक्ष सचिव इन्चार्ज सह–इन्चार्ज
क. दिपेन राई क. धन बहादुर महाराजी क. उदिम राई (मुक्ति) क. इन्द्र नाराथुङ्गे÷क. कुमार राई (अमर)
नाम समावेस नगरिएका जिल्ला कमिटीका बाँकि कमरेडहरुको जिम्मेवारी तत् तत् पालिकामा हुने छ ।                 जसको कार्य विभाजन नगर÷गाउँपालिकाको वैठकले निर्णय गर्नेछ । अन्तर जिल्लाबाट स्थान्तरण भई आउनुभएका क. लक्षुमण राई (समिर) केपिलासगढी क. अरुण राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वैठकले उहाँहरुको जिम्मेवारी ठोस गर्ने छ ।
सेल कमिटी, टोल कमिटी भेला र वडा÷पालिकाको सम्मेलन केन्द्रीय कार्यविधि अनुसारको मितिमा गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार