नेकपा एकीकृत समाजवादी निकट युवाभेला

पिपुल्स भाेलिन्टियर्स

केपिलासगढी
भदाै, ७ । नेकपा एमाले विभाजनपछि बनेकाे नेकपा एकीकृत समाजवादी खाेटाङकाे पहिलाे कार्यक्रम केपिलासगढी गाउँपालिकाबाट शुरु भएकाे छ। केपिलासगढी गाउँपालिका स्तरीय युवाहरुकाे बृहत् भेलाले पिपुल्स भाेलिन्टियर्स केपिलासगढीकाे समेत गठन गरेकाे हाे ।
नेकपा एमाले जिल्ला सचिव जलसेर राईकाे प्रमुख अाथित्यमा भएकाे भेलाले अभिषेक राईकाे नेतृत्वमा रहेकाे युवासंघ नेपाललाई पुर्णता दिएकाे छ । बाक्सिला बजार क्षेत्रलाई सरसफाई समेत गरेकाे कार्यक्रमले ईन्जु राईकाे नेतृत्वमा पिपुल्स भाेलिन्टियर्स गठन गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै पार्टी सचिव राईले अब देशकाे जिम्मेवारी युवाहरुकाे काँधमा अाएकाले हरेक किसिमका वाधा व्यवधानहरुलाई चिर्दै अब नेतृत्व स्थापित हुनुपर्ने बताउनु भयाे । कार्यक्रममा विशेष अथिति एमाले जिल्ला कमिटी सदस्य माईतिराज राई, अतिथिहर युवासंघ नेपालका जिल्ला संयाेजक पवन श्रेष्ठ,सरोज बि.क,धन कु राइ,झमक बि.क,राजन लिम्बू लगायत रहेका थिए । अबका आउने दिन्नमा सरसफाइ लगायतका वभिन्न किसिमका समाजिक काममा युवा संघ र पिपुल्स भोलेन्टियर्सले पालिका भित्र सकृय पुर्वक काम गर्ने समेत निर्णय भएकाे युवा नेता श्रेष्ठले जानकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार