कविता: अामा

– साेनाम सज्जन किराँती
बाध्यताले चिथाेरिएकाे
चिन्ताले निख्रिएकाे सामिप्यता भुलेर
कतै अाेडार परे कि गुलाबी नयन
तसर्थ त सुक्याे हाेला
अामाकाे सुनकाेसी जस्तै
अाँशुहरुकाे मुहान

अाँशुहरुमा मुस्कान पनि हुन्छ
जस्तैः तरवारले रेट्दैन मात्र
रेटि सकेपछि
शत्रु माथिको विजयमा
उल्लास पनि भेटिन्छ

यसरी नै भेटिनु शुख
छुट्टिनु दुख
बराबर बराबर भएर
कदापि अाएन
भेटिएन शुखकाे अनमाेल प्यास मेट्ने
धित मार्ने सपनाकाे ऐठन

यसर्थ त अामाकाे गुलाबी नयन
अाेडार परिरहेछ

म त्यही अाेडार संग रमाए
त्यही खुम्चिएकाे निधार संग ठाेकिएर
मेरा जीवनकाे अन्धकार मेट्न सिके
र तन्किरहेकाे त्याे जीउदाे समयसित
उज्यालो अाेखती पाँए

र जिउदाे लाशहरुकाे अार्यघाट उदारेर
उधारो काराेबारहरु मेटाई दिए
जीवन्त अामाकाे मुहारमा
त्यसपछि क्रमश एउटा विपनाशील विपदवाट जाेगिएर
महान सभ्यता बचाउने क्रान्ति उर्लीरहेछ

जहाँ मेरी अामा खुशी हुन्छिन
जस्तै अप्ठ्याराेहरुले पल्टाउन खाेजेपनि
अाफ्नाे उर्वर मुक्ति यात्रा झुक्न दिएकी छैनन
यसर्थ उनी जनयुद्धको अामा
राष्ट्र राष्ट्रियताकाे अामा
विश्व सर्वहाराकाे अामा बनिरहेछिन
त्यस्ता अामा प्रति रेड स्यालुट छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार