जिल्ला फुटबल संघकाे ऐतिहासिक साधरण सभा सम्पन्न

फुटबल

चाैथाेअंग
खाेटाङ, २८ फागुन। खाेटाङ जिल्ला फुटबल संघकाे प्रथम ऐतिहासिक वार्षिक साधरण सभा शुक्रबार दिक्तेलमा सम्पन्न भएकाे छ । अखिल नेपाल फुटबल संघकाे स्थायी सदस्यता प्राप्ति गरेपछि पहिलाे ऐतिहासिक साधरण सभा दिक्तेलकाे जिल्ला समन्वय हलमा भएकाे हाे।

प्रमुख अथिति बबि चाम्लिङले साधरण सभाकाे ब्यानर पढ्दै साधरण सभाकाे उद्घाटन गरेका छन् । उनले अाफ्नाे पालामा खेलकुदकाे नाममा फुटबल नसुनिएकाे स्मरण गर्दै त्याे बेला भलिवलमात्र बढी खेलिने गरेकाे बताए। उनले जिल्ला समन्वय समितिमा खास सहयाेग गर्ने ठाउँ नभएपनि सके सम्म अाफ्नाे ठाउँबाट सहयाेगकाे पहल रहिरहने बताएका छन् ।

साधरण सभामा दिक्तेल फुटबल क्लब खाेटाङका सगुन ताम्राकार लामाे समय पछि खाेटाङले अखिल नेपाल फुटबल संघ (एन्फा) काे स्थायी सदस्यता पाएकाेमा खुशी हुँदै अब जिल्लामा फुटबलकाे उत्थान हुने कुरामा विस्वास गरेका छन् ।

यस्तै बाक्सिला फुटबल क्लबका सचिव पवन श्रेष्ठले जिल्ला फुटबल संघले गरेका विभिन्न गतिविधीका बारेमा जानकारी लिने र दिने कामले सँस्थालाई चलयमान बनाउनु पर्ने बताए।

अखिल नेपाल फुटबल संघ प्रदेश सदस्य तथा जिल्ला फुटबल संघ खाेटाङका उपाध्याक्ष समीर राईले खाेटाङ जिल्लाले फुटबल खेलकाे विकास गर्न गरेकाे याेगदानका बारेमा भनि रहनु नपर्ने भन्दै अब अाधिकारिक सदस्यता लिनलाई गरेकाे संघर्षकाे परिणाम प्राप्त भएकाेमा खुशि व्यक्त गरेका छन् । खाेटाङका १० वटा फुटबल क्लब जिल्लामा क्रियाशिल रहेका छन् । अागामी दिनमा अहिलेका भन्दा फरक र क्रियाशिल हिसाबले अगाडि बढाऊनु पर्ने उनकाे जाेड रहेकाेछ ।

जिल्ला खेलकुद संघ पुर्व अध्यक्ष माईतिराज राईले खेलकुदकाे माध्यामबाट युवाहरुलाई गतिशिल र अनुशासित बनाउन सक्नु पर्ने बताएका छन्। जिल्लालाई खेलकुदमय बनाउनका लागि फुटबल संघकाे ठुलाे हात रहेकाे उनकाे भनाई रहेकाे छ।

साधरण सभाले हाल सम्म गरेकाे कार्यक्रमहरुकाे समीक्षा गर्नुका साथै अार्थिक हिसाब किताबकाे समेत प्रस्तुत् गरेका छन्। साधरण सभाले जिल्ला फुटबल संघले गर्ने अागामि भावि याेजनाकाे बारेमा व्यापक छलफल गरेर अावश्यक नितिहरु समेत पास गरेकाे छ।

बार्षिक साधरण सभाले स्थपनादेखि हाल सम्म गरेकाे कामहरुकाे समीक्षा गर्न शुरु भएकाे साधरण सभामा संघका काेषाध्याक्ष उद्वव राईले स्वागत मनत्व्य राखेका थिए ।
संघका जिल्ला अध्यक्ष ध्रुब विक्रम राईकाे सभापतित्व र सचिव काजिमान राईकाे संचालनमा साधरण सभा सकिएकाे हाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार